• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सामाजिक विकास मन्त्री साहद्वारा स्वास्थ्य चौकी उद्घाटन

सामाजिक विकास मन्त्री साहद्वारा स्वास्थ्य चौकी उद्घाटन

राजविराज, २९ मंसिर ।
प्रदेश–२ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले सोमबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ४ का नवनिर्मित स्वास्थ्य चौकीको समुद्घाटन गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा निर्मित उक्त भवनको समुद्घाटनपश्चात कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले नव निर्मित स्वास्थ्य चौकिले जनताको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै चौकीको स्तरोन्नत्ति र थप सेवा विस्तारमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्वता समेत व्यक्त गरे ।

वडा अध्यक्ष नागेश्वर मण्डलको अध्यक्षतामा समपन्न कार्यक्रममा जिल्ला समन्वय समिति सभापति प्रभाकर यादव, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य जयप्रकाश ठाकुर, पुनम कुमारी यादव, हनुमानगर कंकालिनी नगरपालिकाका उपप्रमुख सरिता देवी यादवलगायतको सहभागिता रहेको थियो ।

उक्त अवसरमा मन्त्री साहले स्वास्थ्य चौकी निर्माणका लागि जग्गा दान गरेका शैलेन्द्र चन्द्र झाको सम्मान समेत गरेका थिए । स्वास्थ्य चौकी भवन निर्माण गर्न झाले आफ्ना बुवा पूर्व जिविस सभापति कृष्ण देव झा र आमा तारा देवी झा को स्मृतिमा सात कठ्ठा जग्गा दान गरेका थिए ।