• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सरिताको समर्थनमा मधेश जनसभा

राजविराज, २९ मंसिर ।
जनता समाजवादी पार्टी(जसपा)बाट निष्कासित नेतृ सरिता गिरीको समर्थनमा सोमबार राजविराजमा मधेश जनसभाको आयोजना गरिएको छ ।

राजविराजस्थित शिव मन्दिर प्रागंणमा आयोजित जनसभाका प्रमुख अथिति पूर्व मन्त्री गिरीले जसपा नेतृत्वको आलोचना गरिन । आफुलाई केही नेताहरुले व्यक्तिगत रिसिवी तथा ईष्र्याका कारण पार्टीबाट निष्कासन गरेको नेतृ गिरीले आरोप लगाईन् ।

‘अव मधेशवादी भनाउने दलहरुको वास्तविक चरित्र जनता सामु छर्लङ्ग भएको छ’, उनले भनिन्, ‘मधेशी पार्टी पहाडीहरुको घेराबन्धिमा फँसिसकेकोले अब मधेशीको अधिकार भन्दा व्याक्तिगत स्वार्थ र शत्तामोह हावी भएको अवस्था छ ।’ मधेशवादी पार्टी पनि चौतर्फी घेरावन्दीमा परेर काँग्रेस र कम्युनिष्ट जस्तै भएकोले अब मधेशको जनता अधिकारबाट वञ्चित हुने उनले बताईन् ।

सुवि यादवको अध्यक्षतामा आयोजित जनसभमा डा. दिना नाथ यादव, डा.आरडी आजाद, राज नारायण यादव, मोहम्मद उसमान, तुफान सिंह लगायतकाहरूले पनि बोलेका थिए ।