बिरेन्द्र बजार, २९ मंसिर ।
जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले कम्यूनिष्ट सरकारको सर्वसत्तावादी तानाशाही प्रवृत्तिले मुलुक संकटको दिशा उन्मूख हुँदै गएको बताएका छन् ।
जनता समाजवादी पार्टी सप्तरी निर्वाचन क्षेत्र नम्बर १ द्वारा बलुवामा सोमबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै वरिष्ठ नेता राईले देशमा भएको आन्दोलन, भ्रष्टाचार, अशान्त स्थिति सरकारको सर्वसत्तावादी, अहंकारले सिर्जना गरेको बताए । लोकतन्त्र भनेको जनताको शासन ब्यबस्था हो, नेता राईले भने, तर लोकतन्त्रमा बर्तमन केन्द्र सरकारले नेताको शासन ब्यबस्था बनाएर खिल्ली उडाउँदै छ । वरिष्ठ नेता राईले केन्द्र सरकारको नालायक पनले देशलाई द्वन्द्वतर्फ लगाएको आरोप लगाए ।
कम्यूनिष्ट सरकारले संबिधानलाई समेत खिल्ली उडाएको चर्चा गर्दै नेता राईले त्रुटीपूर्ण संबिधानको फाईदा उठाउँदै दण्डहिनतालाई शरण दिएको उल्लेख गरे । संघीय सरकार पूर्ण रुपले असफल भएको बताउँदै राईले भने, सरकारको कारण भ्रष्टाचार, बेतिथी, र देशमा प्रतिगामीहरुको चलखेल बढेको छ । सरकारले कोरोना जस्तो महामरीको बेला पनि भ्रष्टाचार गरेको जनताले सहज उपचार पाउन कठिनाई भएको बताए । परिवर्तन अपूर्ण छ , राईले भने, परिवर्तनलाई संस्थागत गर्दै पूर्णता दिन जनता समाजवादी पार्टीको गठन भएको बताए ।
नेपालमा बिभिन्न आन्दोलन र बिद्रोहले खोजे जस्तो संघीयता अझै हुन सकेको छैन नेता राईले भने, जनता समाजवादी पार्टीले संघीयता र सम्मुनत समाजवादलाई पार्टीको अंगको रुपमा लिएर अधिकार सम्पन्न संघीयताका लागि संघर्ष जारी राखेको छ । केन्द्र सरकारको संघीयता बिरोधि बिशाक्त झुट प्रचारले संघीयता धरापमा परेको नेता राईले बताए । संघीय राज्य प्रणालीमा मात्र देश बिकास र सम्मृद्धि गति लिन सक्ने दाबी गदै राईले संघीयताको रक्षाको साथै मधेस बिद्रोह, आदिवासी जनजाती आन्दोलन, दलित आन्दोलन लगायतका सबै परिवर्तनकारी आन्दोलनबाट प्राप्त उपलब्धि संरक्षणका लागि संगठन निर्माणामा जोड दिए ।
संगठनको कामलाई थाँती राखेर प्रतिगामी शक्तिको प्रतिकार गर्न नसकिने बताउँदै नेता राईले संगठन निर्माणका कार्यमा लाग्न नेताकार्यकर्तालाई अग्रह गरे । नेता राईले बर्तमान संबिधानले देशलाई निकास दिन नसक्ने बताउँदै संबिधान संशोधन अपरिहार्य रहेको उल्लेख गरे ।
जनता समाजवादी पार्टी क्षेत्र नम्बर १ (क)का क्षेत्रीय संयोजक माधव चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रिय कार्यकारिणी समिति सदस्य एबम श्रम तथा रोजगार बिभाग प्रमुख राज कुमार लेखी, केन्द्रिय कार्यकारिणी समिति सदस्य शुसिला श्रेष्ठ, सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य डा. सुर्य नारायण यादव, केन्द्रिय सदस्य एबम पूर्व साँसद सुर्यनाथ यादव, केन्द्रिय सदस्यहरु बिनोद चौधरी, जगदेव यादव, महेन्द्र चौधरी, श्यामसुन्दर सरदार, कल्पना चौधरीले मन्तव्य व्यक्त गर्दै पार्टी संगठन निर्माणमा एकताबद्व भएर लाग्नुपर्नेमा जोड दिए ।
यसैगरी कार्यक्रममा समाजवादी पार्टी प्रदेश नम्बर २ का सचिब दिनेश कुमार यादव, सप्तरी जिल्ला अध्यक्ष केदार प्रसाद यादव, समाजवादी महिला संघका केन्द्रिय सदस्य एबम सप्तरी जिल्ला ईन्चार्ज दिल कुमारी चौधरी, कंचनरुप नगरपालिकावडा नम्बर ७ का वडा अध्यक्ष हरेकृष्णा मेहता, जनता समाजवादी पार्टी हनुमान नगर कंकालिनी नगरपालिकाकाका अध्यक्ष बिरेन्द्र माझी, सप्तकोशीका अध्यक्ष राम कुमार यादव, अग्निसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष रामदेव यादव लगायतकाले मन्तव्य व्यक्त गर्दै स्थानीय स्तरमा भएका पार्टी संगठन तथा पार्टी गतिविधिको बारेमा धाराणा राखे ।
प्रेस नेपाल सप्तरीका कार्यबाहक अध्यक्ष एबम जिल्ला समिति सदस्य बृजमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत अर्का जिल्ला समिति सदस्य रामेश्वर यादवले गरे । कार्यक्रममा क्षेत्र नम्बर १ का नेताकार्यकर्ताहरु उपस्तिथि रहेको थियोे ।