• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

प्रदेश २ को कृषि मन्त्रालयको सम्पर्क कार्यालय राजबिराजमा

प्रदेश २ को कृषि मन्त्रालयको सम्पर्क कार्यालय राजबिराजमा

बृजमान तामाङ्ग
बिरेन्द्र बजार, २६ मंसिर ।
प्रदेश नम्बर २ को भूमी ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयको सम्पर्क कार्यालय सप्तरीको राजबिराजमा संचालन गरिएको छ । सप्तरी सदरमुकाम राजबिराजमा शुक्रबार भूमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले एक समारोहका बीच सम्पर्क कार्यालय उद्घाटन गरेका हुन् ।

सम्पर्क कार्यालय उद्घाटन गर्दै मन्त्री साहले जनताको सुझाव र समस्यालाई मध्यनजर गर्दै सम्पर्क कार्यालय स्थापना गरेको बताए । उनले कार्यालय राखेसँगै सबै जनताले मन्त्रालयका सेवा प्राप्त गर्न सहज हुने बताए । सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रत्येक्ष निर्वाचित प्रदेश सभा सदस्य एबम प्रदेश नम्बर २ का भूमी ब्याबस्था कृषि तथा सहकारी मन्त्री साहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य नेत्रबिक्रम साह, जिल्ला समवन्य समिति सप्तरीका प्रमुख, प्रभाकर यादव, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य अशोक कुमार यादव, भिमराज यादव, राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, वरिष्ठ पत्रकार शिवहरी भट्टराई, प्रेस नेपाल प्रदेश नम्बर २ का अध्यक्ष श्याम सुन्दर यादव, महादेवा गाउँपालिका अध्यक्ष दिपक कुमार यादवले शुभकामना मन्तव्य व्यक्त गर्दै सम्पर्क कार्यालय देशकै लागि उदाहर्निय रहेको भन्दै कार्यालय संचालनको प्रशंसा गरे ।

यसैगरि कार्यक्रममा जनता समाजवादी पार्टीका प्रदेश सदस्य सत्य नारायण यादव, भिम बहादुर तामाङ, अमृत साँफि जिल्ला अध्यक्ष केदार यादव, अमरनाथ मण्डल, छिन्नामस्ता गाउँपालिकाका उपाध्यक्ष उषा मण्डल, तिलाठी कोईलाडीकी सुचिता यादव, वडा अध्यक्षहरु अरुण कुमार यादव, बिनोद यादव, लक्ष्मी मण्डल, उमेश यादव, बिद्यार्थी नेता किशोर कुमार यादव, महिला नेत्री मिरा यादव, दिप नारायण यादव, सत्य नारायण मुखिया, महेश यादव लगायतकाले समेत शुभकामना मन्तव्य व्यक्त गरे ।

जनता समाजवादी पार्टी नेपाल प्रदेश नम्बर २ का सचिब दिनेश कुमार यादवद्वारा संचालित कार्यक्रममा स्वागत मुख्य सचिब शम्भु झाले गरे ।