राजविराज, २५ मंसिर ।
तिलाठी कोइलाडी गाउँपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत बिहीबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा बोल्दै वक्ताहरुले पछिल्ला दिनहरुमा लैंगिक हिंसाका घटनाहरु अत्यधिक संख्यामा बढ्दै जानु चिन्ताको बिषयभएको भन्दै वक्ताहरुले त्यस्ता घटनाहरुले परिवार र समाजलाई नै नोक्सानी हुने बताए । हिंसाका घटनाहरुलाई समाजमै मिलापत्र गराउने गर्नाले त्यस्ता अपराधगर्नेहरुको मनोबल बढ्दै गएको गाउँपालिकाका उपाध्यक्ष सुचिताकुमारी यादवले बताईन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झा, वडा अध्यक्षहरु दिनेश्वर मिश्र, खगेन्द्र मण्डल, मनोज चौधरी, गोविन यादव, लक्ष्मीप्रसाद मण्डल, गुलाबप्रसाद सिंह, जनस्वास्थ्य अधिकृत भूपेन्द्र झा तथा वडा सचिवहरु मिथिलेशझा, राजेश सिंह, जगदीश यादव, सन्तलाल मण्डल, मुक्तिलाल यादव सहितकाले मन्तब्य ब्यक्त गरेका थिए ।