राजविराज, २५ मंसिर ।
सप्तरीको तिलाठी तथा सिमावर्ती भारतीय बजार कुनौली बीच रहेको सीमा नाकामा सशस्त्र तथा नेपाल प्रहरी बीच बुधबार भएको झडप प्रकरणमा नेपाल प्रहरीका ५ जनालाई बिहीबार प्रदेश–२ प्रहरी कार्यालय जनकपुरधाम झिकाईएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट घटनाबारे अझै पनि औपचारिक प्रतिक्रिया आउन सकेको छैन । जिम्मेवार अधिकारीहरुसँग सम्पर्क गर्दा औपचारीक रुपमा आफुलाई केहि जानकारी नभएको तथा अनौपचारिक रुपमा यस प्रकरणलाई बढी प्रचार–प्रसार नगरिदिन प्रहरी अधिकारीहरुबाटै बिभिन्न निकायमा पहल भईरहेको अवस्था छ ।
यद्यपी जिल्ला प्रहरी कार्यालय सप्तरी एवम् प्रदेश–२ प्रहरी कार्यालय निकटको स्रोत अनुसार झडपमा सहभागी रहेका ५ जनालाई घटनाबारे छानविनका लागि जनकपुर तानिएको हो । स्रोतका अनुसार सशस्त्र प्रहरीसँग दशगज्जामा झडप गर्ने नेपाल प्रहरीका प्रहरी साहायक निरीक्षक(सई) कल्याण आले मगरसहित राधेश्याम यादव, शिवकुमार मण्डल, सुरेश चौधरी र रामकुमार यादवलाई बिहीबार जनकपुर झिकाईएको छ । हाल उनीहरु जनकपुरमै छन् ।
| तस्करसँग मिलेर आफ्नै विभागका एक हबलदारको ज्यान जोखिममा पारेको प्रमाण हुँदाहुँदै पनि सई आले मगरलाई कारवाही गर्नुको साटो झन् जिल्ला भरीकै नाकाको जिम्मा लगाईदिएको गुनासाहरु त्यतिवेला प्रहरी बृचबाटै व्यापक रुपमा उठेको थयो । आले मगरलाई जिल्लाको विषेश घुमुवा टोलीको नेतृत्व प्रदान गर्ने जिल्ला प्रहरी कार्यालय सप्तरीका तात्कालिन एसपी कृष्ण प्रसाँई हाल प्रदेश–२ प्रहरी कार्यालय जनकपुरमा कार्यरत छन् । |
पछिल्लो समय जिल्ला प्रहरी कार्यालयले सई कल्याण आले मगरको नेतृत्वमा विषेश घुमुवा टोली परिचालित गरिएको छ । गत बैशाखको अन्तिम साता सप्तरीको छिन्नमस्ता(मोहनपुर)मा मदिरा तस्करबाट प्रदेश–२ डिआईजी कार्यालयका एक जना हबलदार लखेटिएका थिए । स्थानीय प्रहरीले सहयोग नगरेपछि तस्करहरुले ती हबलदारलाई कुटपिट गर्न खोजेपछि उनी आफ्नो बाईक समेत छाडी ज्यान जोगाएर भाग्न बाध्य भएका थिए । त्यतिवेला ईलाका प्रहरी कार्यालय छिन्नमस्ताका इन्चार्ज प्रहरी सहायक निरीक्षक कल्याण आले मगर नै रहेका थिए । त्यतिवेला सई आले मगर र मदिरा तस्करहरु बीच फोनमा भएको कुराकानीको रेकर्डिङ्ग समेत सार्वजनिक भएको थियो । प्रतिकार्टुन ५ सय मा नेपालबाट भारत मदिरा लैजाउने सहमति सई आले मगर र तस्कर बीच भएको फोन रेकर्डिङ्गम सहजै सुन्न सकिन्छ ।
यद्यपी उक्त प्रकरणमा समेत जिल्ला प्रहरी कार्यालयको तात्कालिन एसपी कृष्ण प्रसाईलगायत प्रहरी नेतृत्वले सई आले मगरलाई संरक्षित गरेको थियो । तस्करसँग मिलेर आफ्नै विभागका एक हबलदारको ज्यान जोखिममा पारेको प्रमाण हुँदाहुँदै पनि दोषीलाई कारवाही गर्नुको साटो झन् जिल्ला भरीकै नाकाको जिम्मा लगाईदिएको गुनासाहरु त्यतिवेला प्रहरी बृचबाटै व्यापक रुपमा –बाँकी पृष्ठ ३ मा उठेको थियो ।
आले मगरलाई विषेश घुमुवा टोलीको नेतृत्व दिए यता उनी पटक–पटक विवादित बन्दै आएका छन् । यसअघि राजविराज नगरपालिका अन्तर्गतको मुसहरनियाँमा भएको प्रहरी तथा स्थानीय बीचको झडपमा पनि आले मगर नेतृत्वको घुमुवा टोली नै दोषी रहेको स्थानीयहरुको आरोप छ । बोर्डरमा तालमेल गरेर समान नसमात्ने अनि पैसाको लेनदेन नमिल्दा बीच वस्तीमा आएर प्रहरीले बितण्डा मच्चाएको स्थानीयहरुको आरोप छ ।
आले मगरको एकपछि अर्को गल्तीका बाबजुद जिल्ला प्रहरी कार्यालय सप्तरी नेतृत्वले उनी विरुद्ध कारवाही त परै जाओस् एक शब्द बोल्न समेत तयार रहेको छैन । आले मगरलाई जिल्लाको विषेश घुमुवा टोलीको नेतृत्व प्रदान गर्ने जिल्ला प्रहरी कार्यालय सप्तरीका तात्कालिन एसपी कृष्ण प्रसाँई हाल प्रदेश–२ प्रहरी कार्यालय जनकपुरमा कार्यरत छन् ।