बिरेन्द्र बजार, २४ मंसिर ।
अमसोत सामुदायिक कृषि सहकारी संस्था लिमिटेड बेल्हाको मंगलबार १६ औं साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुमित्रा देवी चौधरीको अध्यक्षता तथा अग्निसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीको प्रमुख आतिथ्यमा एक समारोहका बीच साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले महिलाहरूको सक्रियतामा संचालनमा आएको संस्थाले सामाजिक रुपान्तरणमा टेवा पुगेको बताए । महिला सशक्त नभएसम्म समृद्व समाजको परिकल्पना गर्न सकिदैन, अध्यक्ष चौधरीले भने, महिलाहरूको अगुवाईमा संचालित संस्थाले सामाजिक परिवर्तनमा ठूलो योगदान गरेको छ । समाजको बिकास बिना देशको बिकास नहुने बताउदै अध्यक्ष चौधरी महिलाको क्षमता बिकासमा सहकारीले गरेको कार्यको प्रशंसा गरे ।
चौधरीले आर्गेनिक खेतीतर्फ संस्थाको लगानीमा जोड दिदै प्रमुख अतिथि अध्यक्ष चौधरीले गाउँपालिकाले समेत कृषि आधारित योजनामा लगानी गर्न तत्पर रहेको बताए । कार्यक्रममा समाचारको माध्यमबाट महिला शसक्तिकरण र संस्थाको चौतर्फी बिकासमा सहयोग पु¥याएको भन्दै संस्थाले पत्रकार बृजमान तामाङसहित आधा दर्जन ब्यक्तिलाई सम्मान–पत्रद्वारा सम्मान गरेको छ ।
संस्थाको भवन निर्माणको लागि गाउँपालिकाद्वारा सहयोग गरेको भन्दै अध्यक्ष चौधरी, उपाध्यक्ष मिना चौधरी, वडा नम्बर ४ अध्यक्ष तेज नाराण चौधरी लगायतकालाई सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो । अग्निसाईर कृष्णासवरन गाउँपालिका ४ बेल्हास्थित संस्थाको आफ्नै सभाहलमा आयोजित कार्यक्रममा अध्यक्ष चौधरी, पत्रकार तामाङ्ग, साबिक गाबिस प्रशवनीका अध्यक्ष रामदेव यादव, प्राथमिक बिधालय बेल्हा तिलेवनाका प्रधानाध्यापक बिन्तिलाल चौधरी, संस्थाका पूर्व सचिव कपिल देव मण्डल, कोषाध्यक्ष पुनिता चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
संस्थाका शेयर सदस्य कल्पना चौधरीद्वारा संचालित कार्यक्रमा स्वागत लेखा समिति संयोजक पार्वती चौधरीले गरिन् । साधारणसभामा संस्थाका प्रबन्धक रामी यादवद्वारा प्रस्तुत आर्थिक बर्ष २०७६र०७७ को लेखा परीक्षण प्रतिबेदन सर्वसम्मत पारित गरेको जनाएको छ । यादवद्वारा प्रस्तुत प्रतिबेदन अनुसार एक बर्षको अबधिमा संस्थाले ४ करोड, ५८ लाख, ९२ हजार, ३ सय ३२ रुपैयाँको कारोबार गरेको जनाएको छ ।