• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सातवटा संबिधान बन्दा पनि जनताले अधिकार पाएन ः महतो

सातवटा संबिधान बन्दा पनि जनताले अधिकार पाएन ः महतो

बिरेन्द्र बजार, २४ मंसिर ।
जनता समाजवादी पार्टी नेपालका बरिष्ठ नेता राजेन्द्र महतोले देशमा पटक–पटक सातवटा संबिधान बन्दा पनि जनताले अधिकार पाउन नसकेको बताएका छन् ।

सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ४ छपकीमा मंगलबार सहिद नागेश्वार कुमार यादव र खुशीलाल यादवको शालिक अनावरण गर्दै महतोले यस्तो बताएका हुन् ।

जनता समाजवादीपार्टी रुपनी गाउँपालिकाद्वारा आयोजित सहिदको शालिक अनावरण कार्यक्रम बोल्दै महतोले सहिदको बलिदानीबाट बनेको संबिधानले समेत अधिकार पाउन नसकेको बताए । एकल जातीय नश्लबादी एक क्षत्रीय शासकीय प्रणाली हाबी छदैछ महतोले भने, संघीय गणतन्त्र शासन ब्याबास्था पनि बिगतमा जस्तै एकै जातिको हालिमुहालीका कारण अझै जनता अधिकार बाट बञ्चित छन् ।

नेपालमा अधिकार लिनको लागि मर्नुपर्ने बाध्यता रहेको बताउँदै नेता महतोले हजारौंको रगतबाट बनेको बर्तमन संबिधानमा प्राप्त अधिकार समेत शासक बर्गले खोस्दै गएको बताए । महतोले एकात्मक राज्य ब्याबस्थाबाट संघीय प्रणालीमा राज्यको संरचना कोरिए पनि नश्लबादी शासकको बिभेदकारी नीतिका कारण जनताले परिवर्तनको महुसुस गर्न नपाएको उल्लेख गरे ।

बर्तमान संघीय सरकारले मधेश, थारु, आदिबासी लगायत बिभिन्न आन्दोलनको बलमा प्राप्त अधिकार खोस्दै गएको जिकिर गर्दै सरकारको कारण गणतन्त्र राज्य ब्यवस्थामा पनि जनता अधिकारबाट बञ्चित हुनुपरेको बताए । महतोले अधिकार प्राप्तिका लागि सबै उत्पीडित समुदाय एकताबद्ध हुनुपर्नेमा जोड दिए । महतोले मधेशी, आदिवासी जनजाती, दलित मुस्लिम, महिलाको हक अधिकार सुनिश्चितताको लागि पार्टी एकता गरेको दाबी गरे ।

रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश नम्बर २ का सामाजिक बिकास मन्त्री नवल किशोर साह, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य बिशेश्वर रजक, राजबिराज नगरपालिकाकि उप–प्रमुख महिला नेत्री साधाना झा लगायतकाले शोकलाई शक्तिमा बदल्न अझै आन्दोलन आबश्यक रहेको बताए ।

कार्यक्रममा सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का साँसद चन्द्रकान्त चौधरी, जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य एबम् राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादव, पार्टीका कार्यकारिणी सदस्य एबम् प्रदेश २ का प्रदेस सभा सदस्य मनिश सुमन, प्रदेश सभा सदस्य नेत्रबिक्रम साह, पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य केशव झा, जिल्ला समवन्य समिति सप्तरीका प्रमुख प्रभाकर यादव, तिलाठी कोईलाडी गाउँपालिका अध्यक्ष सतिस कुमार सिंह, केन्द्रिय सदस्यहरु गजेन्द्र मण्डल, सुर्यनाथ यादव, जिल्ला अध्यक्ष केदार यादव, सुनिल झालगायतका नेताहरुको समेत उपास्थिति रहेको थियो ।

यूवा नेता लक्षमण यादवद्वारा संचालित कार्यक्रममा स्वगत केन्द्रिय सदस्य दिनेश यादवले गरे । सहिद नागेश्वर कुमार यादव तेस्रो मधेस बिद्रोहको क्रममा रुपनी चौकमा प्रहरीको गोली लागेर मृत्यु भएका थिए भने खुशीलाल यादव मधेस र मधेसीको बिभेद विरुद्ध आन्दोलनका क्रममा राज्यको गोली प्रहारबाट मृत्यु भएका थिए ।