बिरेन्द्र बजार, २४ मंसिर ।
थारुहट थारुवान राष्ट्रिय महिला मोर्चाका केन्द्रिय उपाध्यक्ष उमा चौधरी नेपाली काँग्रेसमा प्रबेश गरेकी छिन् ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर–५ मा आयोजित एक समारोहको बीच चौधरीको नेतृत्वमा ३ दर्जन नेताकार्यकर्ता नेपाली काँग्रेसमा प्रबेश गरेका हुन् ।
नेपाली काँग्रेस अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ५ का सभापति हरिलाल महतोको अध्यक्षतामा आयोजित पार्टी प्रबेश कार्यक्रम प्रमुख अतिथि सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का सभापति ललन प्रसाद गुप्ताले फुलमाला र अबिर लगाएर पार्टी प्रबेश गराएका थिए । नव प्रवेशी चौधरी यसअघि कुनै राजनैतिक पार्टीमा आबद्ध नभए पनि सामाजिक अभियानमा सक्रिय रहँदै आएका थिए ।
चौधरी नेतृत्वमा सुनिता चौधरी, ज्ञनु चौधरी, बिरेन्द्र चौधरी, जबाहार चौधरी, सिताराम चौधरी सहितका गरि ३८ जना नेपाली काँग्रेसमा प्रबेश गरेको जनाएको छ । पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला उपसभापति भुवन आचर्य, सदस्य दिब्यराज सुवेदी, अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादवलगायतका स्थानीय काँग्रेस नेताकार्यकर्ताहरुको उपस्तिथि थियोे ।