Top_Header_Right_Add

गेहुँ बिऊको अभावमा भौतारिंदै किसान

गेहुँ बिऊको अभावमा भौतारिंदै किसान

राजविराज, १६ मंसिर ।
सप्तरीको तिलाठी–कोईलाडी गाउँपालिका–१ का इन्द्रदेव कामैत चार विघा खेतमा यसपाली गेहुँ लगाउने तयारी गरेका छन् । खेत जोतेर तयारी अवस्थामा राखेका यादव पछिल्लो ४र५ दिनदेखि गेहुँको बिऊका लागि स्थानीय सहकारी संस्थादेखि लिएर राजविराजस्थित कृषि ज्ञान केन्द्र कार्यालयसम्म धाईरहेका छन् तर बिऊ भने पाउन सकेको छैन ।

मंगलबार आफ्नो खेतको आलिमै भेटिएका कामैतले भने, ‘गेहुँ छर्ने समय पनि अन्तिम–अन्तिम तिर आईपुग्यौं तर बिऊ पाउने आस देखिदैन ।’ राष्ट्रिय बिऊ बिजन कम्पनीले उत्पादन गरेको उन्नत्त जातको बिऊ उपयुक्त रहेको भनि कृषि विज्ञहरुले दिएको सुझाव बमोजिम आफु उक्त बिऊको खोजिमा रहेको उनको भनाई छ । ‘किसानलाई सुहिलियतमा उपलब्ध गराउने भन्दै लाखौको बिऊ खरिद गरिएको भनि यसपाली पनि सुनेको छु’, उनले भने, ‘सहुलियत दरको बिऊ पाईन्छ की भन्ने आशामा छु ।’

वलान विहुल–७का देवलाल यादव किसानका लागि सहुलियतमा उपलब्ध गराउने भनि आएको उन्नत जातको बिऊ आफुले ४ हजारमा एक बोरा(४०) केजी किनेर ल्याएको सुनाए । ‘स्थानीय सहकारी संस्थाहरुमा कैंयो दिनसम्म गए तर आजभोली भन्दै आलटाल गर्ने काम मात्रै भयो’, उनले भने, ‘अन्ततः एकजना दलाल राजविराजस्थित एक निजी डिलरबाट सोहि बिऊ ४ हजारमा किनाई दिए ।’

स्थानीय किसानहरूलाई वर्षेनी यस्तै पीडा खेप्नुपर्ने वार्ता हुन्छ । गत वर्ष पनि किसानको यस्तै पीडालाई मध्यनजर गर्दै प्रदेश–२का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सप्तरी र सिराहाका किसानहरुलाई गेहुँको बिऊ सहुलियत दरमा उपलब्ध गराउन राजविराजस्थित कृषि ज्ञान केन्द्रलाई एक करौड ४५ लाख रुपैयाँ पठाएको थियो । यद्यपि गत वर्ष पनि किसानहरू यस्तै पीडा भोग्न बाध्य भएका थिए ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer