Top_Header_Right_Add

सप्तरीका तीनसहित मुलुकभरी ३ सय ९६ अस्पतालको शिलान्यास

सप्तरीका तीनसहित मुलुकभरी ३ सय ९६ अस्पतालको शिलान्यास

राजविराज, १५ मंसिर ।
सप्तरीको तीन वटा स्थानीय तहहरुमा १५÷१५ शैय्याको अस्पताल सोमबार शिलान्यास गरिएको छ । संघीय सरकार मातहतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णाय अनुसार जिल्लाको कंचनरुप नगरपालिका, तिरहुत गाउँपालिका तथा सुरुगां नगरपालिका स्थित एक÷एक स्वास्थ्य संस्थाको स्तरोन्नती सहित १५÷१५ शैय्याको अस्पताल शिलान्यास गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले तीन वटै स्थानीय तहहरुलाई कार्तिक २८ गते गरेको पत्राचार बमोजिम कंचनरुप नगरपालिका अन्तर्गत पर्ने कंचनपुर प्राथमिक स्वास्थ्य केन्द्र, तिरहुत गाउँपालिकाको लोहजारा स्वास्थ्य चौकी तथा सुरुङ्गा नगरपालिकास्थित कडरबोना प्राथमिक स्वास्थ्य केन्द्रलाई १५÷१५ शैय्याको अस्पतालका रुपमा स्त्तरोन्नती गर्ने निर्णाय भएको थियो । सोहि अनुरुप तीन वटै अस्पतालहरुको शिलान्यास भएको जनाईएको छ । लोहजारामा एक कार्यक्रममा माझ तिरहुत गाउँपालिकाका अध्यक्ष हेमन्तकुमार बहडखेर यादवले गरे ।

यसैगरी सप्तरीको कंचनरुप नगरपालिकास्थित प्राथमिक स्वास्थय केन्द्र कंचनपुरमा पनि १५ शैय्या अस्पतालको शिलान्यास गरिएको हाम्रा स्थानीय संवाददाता किशोर पासवानले जनाएको छ । कंचनरुप नगरपालिका वडा नं.–८ का अध्यक्ष राजकुमार साहको अध्यक्षता तथा कंचनरुप नगरपालिकाका मेयर वसन्त कुमार मिश्रको प्रमुख आतिथ्यमा उक्त शिलान्यास भएको हो । त्यस्तै सप्तरीको सुरुङ्गा नगरपालिकाका मेयर मुक्तिनाथ चौधरीले कडरबोना प्राथमिक स्वास्थ्य केन्द्रमा सोमबारै १५ शैय्या अस्पतालको शिलान्यास गरेको जानकारी प्राप्त भएको छ ।

अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा कूल लागतको १७ दशमलव ९ प्रतिशत बजेट समेत तीनवटै स्थानीय तहहरुलाई विनियोजित गरिसकिएको छ । मन्त्रालयका अनुसार सोमवार देशभरी ३ सय ९६ अस्पतालहरुको शिलान्यास गरिएको छ ।

मन्त्रालयका अनुसार सप्तरीका तीन वटै स्थानीय तहमा निर्माण हुने अस्पतालका लागि चालु आर्थिक वर्षमा समान ३ करोड २३ लाख ३ हजारका दरले बजेट विनियोजित गरिएको हो । जवकी १५ शैय्याको एउटा अस्पताल निर्माणको कूल लागत भने १८ करोड ६ लाख ८२ हजार अनुमान गरिएको छ ।

सप्तरीमा मात्रै नभई मुलुकका ३ सय ९६ वटा स्थानीय तह अन्तर्गतका १÷१ स्वास्थ्य संस्थालाई स्त्तरोन्नती सहित ५÷१० र १५ शैय्याको अस्पताल निर्माण गर्ने लक्ष्यसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंसिर १५ गते एकै साथ मुलुक भरी ३ सय ९६ वटा अस्पतालको शिलान्यास गर्ने पूर्व निर्धारित कार्यक्रम रहेको थियो ।

पछिल्लो कार्तिक २ गते स्वास्थय तथा जनसंख्या मन्त्री एवम् अर्थ मन्त्रीको समुपस्थितीमा दुबै मन्त्रालयका पदाधिकारीहरु बीच कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारमा समन्वय गर्न बसेको बैठकले देशभरीका ३ सय ९६ मा स्थानीय तहमा निर्माण हुने ५ देखि १५ शैय्या सम्मको अस्पताल मंसिर १५ गते एकै साथ निर्माण गरिने निर्णाय भएको थियो ।

यसअघि सप्तरीमा सदरमुकाम राजविराजस्थित सरकारी स्वामित्वको एक मात्र गजेन्द्र नारायण सिंह अस्पतालले जिल्लाभरीका विरामीहरुको समान्यदेखि गम्भीर प्रकृतिको उपचारका निम्ति काम गर्दै आएको थियो । अस्पतालको दुराअवस्थाका कारण सप्तरीवासीलाई अझै पनि विराटनगर, धरानलगायतका ठाउँमा उपचार गराउन जानुपर्ने बाध्यता छ । गजेन्द्रनारायण सिंह अस्पताल पनि संघिय सरकार मातहतकै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियन्त्रणमा रहेको छ ।

एक साता अघि मात्रै प्रदेश–२ सरकारका समाजिक विकास मन्त्री नवलकिशोर साहले सप्तरीको भारदहमा ५० शैय्याको अस्पताल भवन निर्माणको शिलान्यास गरेको छ । सप्तरीका सर्वसाधारणलाई सर्व सुलभ स्वास्थ्य सेवा उपलब्ध होउन भन्ने उद्देश्यले प्रदेश–२ सरकारले भारदहमा ५० शैय्याको अस्पताललाई अनुमति दिनुका साथै अस्पतालको पूर्वाधार निर्माण हेतु बजेट समेत निकासा दिएका थिए । निर्माण हुने ३ तथा निर्माणाधिन एक अस्पताल निर्माण भई सुचारु भए सप्तरीमा गजेन्द्र नारायण अस्पतालका अतिरिक्त सरकारी स्वामित्वको अझै ४ वटा अस्पताल थपिने छन् । जसले आम सर्वसाधारणलाई उपचारका निम्ति सहजता हुने नागरिक अगुवाहरुको बुझाई छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer