Top_Header_Right_Add

सहिद प्रभु नारायण ट्रस्ट द्वारा आँखा शिविर संचालन

सहिद प्रभु नारायण ट्रस्ट द्वारा आँखा शिविर संचालन

राजविराज ।
लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालसँगको समन्वयमा सहिद प्रभु नारायण स्मृति ट्रस्टले शनिबार सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–८ तोपामा एक दिने आँखा शिविर संचालन गरिएको छ ।

शिविरमा ३ सय १५ जना रोगीहरूको आँखा परीक्षण गरिएको ट्रस्टका सचिव भगवानलाल यादव(रोहित)ले जानकारी गराए । परीक्षण गरिएकाहरु मध्यै १ सय ६५ जनामा मोतियाबिंद फेला परेको सचिव यादवको भनाई छ ।

यादवका अनुसार मोतियाबिंद देखिएकाहरूलाई लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया(आप्रेशन) को व्यवस्था मिलाईएको छ ।

ट्रस्टले आगामी दिनमा पनि आँखा शिविरसहित अन्य रोगका लागी समेत विशेषज्ञ चिकित्सक सहितको टोलीमार्फत स्वास्थ्य शिविर संचालन गर्ने लक्ष्य राखेको ट्रस्टका अध्यक्ष अवधेश झाले जानकारी गराए ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer