Top_Header_Right_Add

जगमोहनको दुधैला पुल भासिदा दुर्घटनाको खतरा, सम्बन्धित निकाय बेखबर

जगमोहनको दुधैला पुल भासिदा दुर्घटनाको खतरा, सम्बन्धित निकाय बेखबर

बृजमान तामाङ्ग
बिरेन्द्र बजार ।
पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ स्थिति दुधैला पुल भासिदा दुर्घटनाको खतरा बढेको छ ।

पुलको पश्चिम दिशाको भाग भासिएर खाल्डा हुँदा सवारी दुर्घटनाको जोखिम बढेको हो । पुलमा दैनिक जसो सवारी दुर्घटना हुने गरेको स्थानीयहरु बताउँछन् । खासगरी तीब्र गतिमा रहेको दुईपाङ्ग्रे तथा भारी बोकेका सवारी साधनहरु खाल्डामा परि अनियंत्रित भई दुर्घटना हुने गरेको स्थानीय शिव शंकर ठाकुरले बताए ।

हाईवे भएका कारण लामो दूरीका सवारी सधान तीब्र गतिमा हुन्छन्, स्थानीय दिपक कुमार चौधरीले भने, खाल्डा छ भन्ने थाहा नपाउँदा मोटरसाइकलमा पछाडी बसेकाहरु एक्कसी ब्रेकलिदा उछिटिएर पुलमा ठोकिन्छ । सडकमा सवारी साधानको चाप धेरै हुने गरेकोले खाल्डोमा परेर लडेकालाई अर्को सवारी साधनले च्याप्ने गरेको उनले बताए । पुल भासिएकाले दैनिक सवारी दुर्घटना हुने गरेको उनले जानकारी दिए ।

आफू समेत सोही खाल्डोमा मोटरसाइकल दुर्घटना हँुदा उपचाररत् रहेको बताउदै लाखौं खर्च गरेर पनि अझै जाती नभएको सुनाए । साथीले चलाएको मोटरसाइकल एक्कसी ब्रेक लियो, घटनाबारे सुनाउँदै चौधरीले भने, पछाडि बसेको म एक्कसी सडकमा खसे, त्यतिबेला अर्को गाडी आएको भए हामी यो संसारमा रहने थिएनौं ।

साबिक तेरहौता गाबिसका अध्यक्ष समेत रहेको चौधरीले दुर्घटना न्यूनीकरण गर्ने तर्फ कसैको ध्यान नगएको बताए । पुल भासिएका बारे सडक बिभागमा पटक–पटक जानकारी गराएपनि निर्माण गर्नेतर्फ चासो नदेखिएको स्थानीयले गुनासो गरे । पुलको मर्मत सम्भार नगर्ने हो भने धेरैले अकालमा ज्यान गुमाउनुपर्ने स्थानीयबासीहरुले जानकारी दिए ।

गत भदौमा भीषण बर्षासँगै आएको बाढीले पुलको पश्चिमी तटबन्ध कटान गरेकाले पुल भासिएन थालेको छ । पुल भासिदा दैनिक सवारी दुर्घटनामा परि यात्रुहरु घाईते अङ्भङ्ग हुदा समेत सम्बन्धित निकायहरु भने बेखबर छन् । पुर्व–पश्चिम राजमार्ग अन्तर्गतका अघिकाँस पुलहरु जिर्ण अबस्थामा पुगेकाले कुनैबेला ठूलो दुर्घटना हुने त्रास बोकेर सवरी चलाउनु पर्ने बाध्यता रहेको यातायात ब्याबसायीहरु दुखेको सुनाउछन् ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer