Top_Header_Right_Add

सप्तरीका अमरेन्द्र र सुनिता पनि पुरस्कृत

मैथिली भाषा साहित्य पुरस्कार मैसाप सप्तरीलाई
सप्तरीका अमरेन्द्र र सुनिता पनि पुरस्कृत

राजविराज ।
नेपाल सरकारद्वारा स्थापित विद्यापति पुरस्कार कोषले वर्षेनी प्रदान गर्दै आएको नेपाल विद्यापति मैथिली भाषा–साहित्य पुरस्कार यस वर्ष मैथिली साहित्य परिषद् राजविराज (सप्तरी) लाई प्रदान गरिने भएको छ । दुई लाख राशि रहेको उक्त पुरस्कार मैथिली साहित्य क्षेत्रमा प्रदान गरिने सबै भन्दा ठुलो र प्रतिष्ठित पुरस्कार मानिन्छन् ।

परिषद्ले आफ्नो स्थापना कालदेखि नै मैथिल संस्कृति, सभ्यता, भाषा र साहित्यको संरक्षणमा पु¥याएको योगदान र क्रियायाशीलताका लागि सो पुरस्कार दिइने निर्णय गरिएको कोषद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमार्फत जानकारी गराईएको छ ।

कोषले बिभिन्न ५ विधामा दिईने पुरस्कारहरुबाट मैथिली साहित्य परिषद्सँगै सप्तरीका युवा साहित्यकार अमरेन्द्र यादव र गायीका सुनिता साह समेत पुरस्कृत हुने कोषले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यूवा साहित्यकार यादवलाई नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार दिने निर्णाय गरिएको हो । ‘स्त्री आ आगि’ नामक कृतिका लागि यादव पुरस्कृत भएका हुन् । उक्त पुरस्कारको राशि एक लाख रहेको छ ।

त्यस्तै सप्तरीकी सुनिताकुमारी साह र धनुषा जिल्लाका अजितकुमार साहलाई संयुक्त रूपमा नेपाल विद्यापति कला संस्कृति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । सो पुरस्कारको राशि जनही रू. ५० हजार रहेको छ । सदस्य सचिव नवीन मिश्रका अनुसार पाँचै विद्याका पुरस्कारको वितरण चालू आर्थिक वर्षभित्र नै हुनेछ ।

यसैगरी धनुषा जिल्लाका सुजितकुमार झालाई ‘पुनि पुनि होत विवाह’ नामक अनुसन्धामूलक कृतिका लागि नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार प्रदान गर्ने निर्णय गरिएको कोषद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सो पुरस्कारको राशि पनि रू. एक लाख रहेको छ ।

त्यस्तै सो पुरस्कारअन्तर्गत रू. एक लाख राशि भएको नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार धनुषा जिल्लाका वृषेशचन्द्र लाललाई दिने निर्णय गरिएको छ । उनलाई बिपी कोइरालाको मोदियाइन र सुम्निमा कृतिको मैथिली भाषामा अनुवादका लागि सो पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरिएको हो ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer