• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजविराज, ०९ मंसिर ।
जिल्लाकै पुराना विद्यालयहर मध्यै एक पब्लिक माध्यमिक विद्यालय लौनियाँ–तिलाठीका पूर्व प्रधानाध्यापक बाबुनारायण झाको मंगलबार निधन भएको छ । तिलाठी कोईलाडी गाउँपालिका–१ स्थित निज निवसमै झाको निधन भएको पारिवारीक स्रोतले जनाएको छ । उनी ८५ बर्षका थिए ।

पछिल्लो लामो समयदेखि बिभिन्न स्वास्थ्य समस्याले ग्रसित झाको दिउँसो १ बजेर ५० मिनेटमा निधन भएको उनका जेठा छोरा प्रभास झाले जानकारी गराए । पूर्व प्रअ झाका जेठा छोरा हाल पब्लिक माध्यमिक विद्यालय लौनियाँ–तिलाठीको प्रधानाध्यापक पदमा कार्यरत रहेका छन् ।

विक्रम सम्वत २०२० साल देखि २०५८ सालमा अनिवार्य अवकास अबधि सम्म मावि लौनियाँ–तिलाठीको प्रधानाध्यापक रहेका झालाई उक्त विद्यालयको स्थापना, रखरखाव, शैक्षिक गुणस्तरीयता निर्माणका निम्ती आफ्नो अथक योगदानका लागि सप्तरीको समग्र शैक्षिक क्षेत्रमा ख्याति प्राप्त छ ।

स्वर्गीय झा तिलाठीस्थित ऐतिहासिक श्री सरस्वती सांस्कृतीक नाट्य कला परिषद्का संस्थापक कोषाध्यक्ष समेत रहेका थिए । नेपाल स्काउट, नेपाल रेडक्रस सोसाईटी लगायत बिभिन्न समाजिक संस्थासँग आवद्धता रहेको झा मैथिली साहित्य लेखनमा पनि दख्खल राख्थे । ‘राका’ उपनामवाट उनका थुप्रै साहित्यीक रचनाहरु समेत बिभिन्न पत्रपत्रिकामा प्रकाशित रहेको छ ।

श्रीमती, दुई छोरा र एक छोरी रहेको स्वर्गिय झाको बुधबार(आज) पैतृक गाउँ तिलाठीमै हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरिने जेठा छोरा प्रभासले जानकारी गराएका छन् ।