Top_Header_Right_Add

कोभिड–१९ को बहानामा खुलेआम अमर्यादित हुँदैछ परीक्षा

कक्षा १२ को परीक्षा प्रारम्भ
कोभिड–१९ को बहानामा खुलेआम अमर्यादित हुँदैछ परीक्षा

राजविराज, ०९ मंसिर ।
कोरोना संक्रमण र लकडनका कारण रोकिएको कक्षा १२ को परीक्षा मंगलबारबाट प्रारम्भ भएको छ । पहिलो दिन अंग्रेजी विषयको परीक्षा निर्धारित समयमा प्रारम्भ भई जिल्ला भरी निर्धारित समयमै शान्तिपूर्ण तरिकाले सकिएको जानकारी प्राप्त भएको छ ।

कोभिड–१९को जोखिमलाई मध्यनजर गर्दै यसपाली ४० प्रतिशत अंकका लागि मात्रै लिखित परीक्षा लिईदै छ । बाँकि ४० प्रतिशत कक्षा ११ को नतिजाको आधारमा तथा २० प्रतिशत अंकको मुल्यांक विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यसपाली परीक्षा केन्द्र पनि सम्बन्धित विद्यालयहरुमा तोकिएको छ र निरीक्षक पनि सोहि विद्यालयको राखिने भनिएको छ ।

यता परीक्षाको अनुगमन तथा अवस्था बुभ्mन मंगलबार सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–६ बभनगामाकट्टीस्थित लक्ष्मी बल्लभ नरसिंह माध्यमिक विद्यालय पुग्दा परीक्षाको अवस्था भद्रगोल देखियो । विद्यालयका प्रधानाध्यापक विपन झा लगायतका शिक्षकहरुले कोरोना संक्रमण जोखिमका बीच स्वास्थ्य मापदण्ड पालना गर्दै शान्तिपूर्ण र मर्यादित परीक्षा संचालन गरिरहेको दावी गरेपनि परीक्षाको अवस्था भद्रगोल नै देखियो । परीक्षार्थीहरु आफ्नो स्थानवाट सरेर पायक पर्ने स्थानमा बसि एक अर्काबाट कापी सार्ने, किताव तथा गेसपेपर चिटको प्रयोग गरि अमर्यादित गतिविधि गर्ने लगायतका काममा संलग्न रहेको देखियो । केन्द्र बाहिर अभिभावकहरुको पनि ठूलो भीड सहजै देख्न सकिन्थ्यौ । परीक्षा केन्द्रमा खटिएका सुरक्षाकर्मीहरु पनि एक छेउमा निरीह जस्तै बसेको देखियो ।

स्थानीय प्रत्यक्षदर्शीहरुका अनुसार कक्षा ११को परीक्षाका वेला पनि उक्त परीक्षा केन्द्रको अवस्था उस्तै रहेको थियो । कोरोना जोखिमको त्रासका बीच जिल्लाबाट अनुगमन टोली परिचालन नगर्दा केन्द्रमा खटिएका केन्द्राध्यक्ष तथा निरीक्षकहरुको अवस्था जिल्ला भरीकै परीक्षा केन्द्रहरुमा खासै सन्तोषजनक नरहेको स्थानीय शैक्षिक अगुवाहरुको गुनासो छ ।

बभनगामाकट्टी केन्द्रमा स्थानीय परीक्षार्थीहरु भन्दा बढि बाहिरबाट आउने ‘स्लिपिङ्ग’ तथा स्वेच्छाले केन्द्र रोजेका परीक्षार्थीहरु छन् । त्यस्ता विद्यार्थीहरुबाट मोटो रकम असुलेर त्यस्ता विद्यार्थीहरुलाई राम्रो अंक सहित उत्तीर्ण गर्ने जिम्मा लिएका गिरोहहरु समेत परीक्षा केन्द्रमा सक्रिय रहेको विद्यालय निकटकै स्रोतको दावि छ । यस्ता गिरोहहरुको प्रभावमा यहाँका कतिपय शिक्षकहरु समेत सहभागी रहेका छन् । यद्यपी विद्यालयका प्रअ विपिन झा भने यस्ता आरोपहरु निराधार र आफुहरुलाई बदनाम गराउन मात्रै लगाईएको बताएका छन् । कोरोना जोखिमका बीच परीक्षा लिन थोरै समस्या पनि रहेको स्विकार्दै उनले स्वास्थ्य मापदण्ड समेतलाई पालन गर्दै शान्तिपूर्ण र मर्यादित परीक्षा आफुहरुको प्राथमिकता रहेकोले त्यसै बमोजिम सिंगो विद्यालय परिवार खटेको उनले दावी गरे ।

स्रोतका अनुसार परीक्षा खर्चको नाममा परीक्षार्थीहरुबाट २ हजारका दरले थप रकम समेत उठाईएको छ । पहिलो दिन परीक्षामा करिब २ सय ४३ जना परीक्षार्थी वभनगामाकट्टी केन्द्रमा सहभागि भएका थिए ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer