राजविराज, ०७ मंसिर ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–८ तोपामा संचालित सहिद प्रभु नारायण स्मृति टी–२० को उपाधि कल्याणपुर (लाल पट्टी) टिमले हात पारेको छ ।
आइतबार सम्पन्न फाईनलमा बरमझिया लाई ७६ रनले पराजित गर्दै कल्याणपुर उपाधि जित्न सफल भएको हो । टस जितेर पहिले ब्याटिङ गरेका कल्याणपुर निर्धारित २० ओभरमा २ सय ४ रन बनाए । प्रतिउत्तरमा बरमझिया टिम १७औं ओभरमा १ सय २८ रन बनाउँदै आउल आउट भए ।
आयोजक सहिद प्रभु नारायण यादव स्मृति ट्रस्टका अध्यक्ष अबधेश झाको अध्यक्षतामा सम्पन्न समापन समारोहका प्रमुख अतिथि प्रदेश–२का सामाजिक विकाश मन्त्री नवल किशोर साह लगायत अतिथिहरूले विजेता, उप–विजेता टोलीलाई शिल्ड कप, प्रमाण–पत्र तथा नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।
उक्त अवसरमा प्रतियोगिता संचालनका निम्ति सहयोग गर्ने अम्पायर, स्कोरर, कमेन्टेटर तथा स्वयं सेवक लगायत स्थानीय यूवाहरूलाई समेत पुरस्कार तथा प्रमाण–पत्र वितरण गरिएको ट्रस्टका सचिव भगवानलाल यादव(रोहित) ले जानकारी गराए । समापन सत्रको संचालन पनि सचिव यादवले नै गरेका थिए ।