• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
जनस्वास्थ्य अधिकृत देवको निधन

राजविराज, ०७ मंसिर ।
राजविराज नगरपालिका–२ निवासी जनस्वास्थ्य अधिकृत गौरी शंकर देवको कोरोना संक्रमणका कारण निधन भएको छ । ५० बर्षीय देवको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

मृतक देव सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखाको प्रमुख पदमा कार्यरत रहेका थिए । दुई साता अघि नै देव कोरोना पोजेटिभ भएका थिए । कोरोना पोजेटिभ भएपछि उनी नोबेल अस्पतालमा उपचार गराई रहेका थिए । उपचारकै क्रममा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्सपेक्टर नारायणप्रसाद राउतले जानकारी गराए । रिर्पोट निगेटिभ आएपनि उनले रिकभर गर्न नसकेको राउतको भनाई छ । अस्पतालले पनि ‘क्लिनिकल्ली कोरोना डेथ भनिएको’ राउतले संचारकर्मीहरुलाई जानकारी गराएका छन् ।

दुई सातादेखि उपचाररत् देवको उपचारकै क्रममा शनिबार राति निधन भएको हो । देवको आइतबार कोसी ब्यारेजमा हिन्दू परम्परा अनुसार अन्त्येष्ठि गरिएको छ । यससँगै जिल्लामा सात महिलासहित कोरोना संक्रमणबाट मृत्यू हुनेको संख्याको ३६ पुगेको छ ।