राजविराज, ०७ मंसिर ।
सप्तरीको तीन वटा स्थानीय तहहरुमा १५÷१५ शै®याको अस्पताल बन्ने भएको छ । संघीय सरकार मातहतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णायअनुसार जिल्लाको कंचनरुप नगरपालिका, तिरहुत गाउँपालिका तथा सुरुगां नगरपालिकास्थित एक÷एक स्वास्थ्य संस्थाको स्तरोन्नत्तिसहित १५÷१५ शै®याको अस्पताल निर्माण हुने भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले तीनवटै स्थानीय तहहरुलाई कार्तिक २८ गते गरेको पत्राचार बमोजिम कंचनरुप नगरपालिका अन्तर्गत पर्ने कंचनपुर प्राथमिक स्वास्थ्य केन्द्र, तिरहुत गाउँपालिकाको लोहजारा स्वास्थ्य चौकी तथा सुरुङ्गा नगरपालिकास्थित कडरबोना प्राथमिक स्वास्थ्य केन्द्रलाई १५÷१५ शै®याको अस्पतालका रुपमा स्तरोन्नत्ति गर्ने जनाईएको छ ।
अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा कूल लागतको १७ दशमलव ९ प्रतिशत बजेट समेत तीनवटै स्थानीय तहहरुलाई विनियोजित गरिसकेको संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको पत्रमा उल्लेख रहेको छ । मन्त्रालयका सह–सचिव बसन्त अधिकारीद्वारा हस्ताक्षरित पत्रमा मंसिर १५ गते जिल्लाका तीनवटै स्थानीय तहहरुमा अस्पताल निर्माणको शिलान्यास एकै साथ गरिने मन्त्रीय स्तरीय निर्णायबारे समेत स्थानीय तहहरुलाई जानकारी गराईएको छ ।
पत्र अनुसार सप्तरीका तीनवटै स्थानीय तहमा निर्माण हुने अस्पतालका लागि चालु आर्थिक वर्षमा समान ३ करोड २३ लाख ३ हजारका दरले बजेट विनियोजित गरिएको हो । जवकी १५ शै®याको एउटा अस्पताल निर्माणको कूल लागत भने १८ करोड ६ लाख ८२ हजार अनुमान गरिएको छ ।
सप्तरीमा मात्रै नभई मुलुकका ३ सय ९६ वटा स्थानीय तह अन्तर्गतका १÷१ स्वास्थ्य संस्थालाई स्तरोन्नत्तिसहित ५÷१० र १५ शै®याको अस्पताल निर्माण गर्ने लक्ष्यसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंसिर १५ गते एकै साथ मुलुक भरी ३ सय ९६ वटा अस्पतालको शिलान्यास गर्दै छन् ।
पछिल्लो कार्तिक २ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् अर्थ मन्त्रीको समुपस्थितिमा दुबै मन्त्रालयका पदाधिकारीहरु बीच कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारमा समन्वय गर्न बसेको बैठकले देशभरीका ३ सय ९६ मा स्थानीय तहमा निर्माण हुने ५ देखि १५ शै®या सम्मको अस्पताल मंसिर १५ गते एकै साथ निर्माण गरिने निर्णाय भएको थियो ।
यसअघि सप्तरीमा सदरमुकाम राजविराजस्थित सरकारी स्वामित्वको एक मात्र गजेन्द्र नारायण सिंह अस्पतालले जिल्लाभरीका विरामीहरुको समान्यदेखि गम्भीर प्रकृतिको उपचारका निम्ति काम गर्दै आएको थियो । अस्पतालको दुराअवस्थाका कारण सप्तरीवासीलाई अझै पनि विराटनगर, धरान लगायतका ठाउँमा उपचार गराउन जानुपर्ने बाध्यता छ । गजेन्द्रनारायण सिंह अस्पताल पनि संघीय सरकार मातहतकै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियन्त्रणमा रहेको छ ।
एक साता अघि मात्रै प्रदेश–२ सरकारका समाजिक विकास मन्त्री नवलकिशोर साहले सप्तरीको भारदहमा ५० शै®याको अस्पताल भवन निर्माणको शिलान्यास गरेको छ । सप्तरीका सर्वसाधारणलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध होउन भन्ने उद्देश्यले प्रदेश–२ सरकारले भारदहमा ५० शै®याको अस्पताललाई अनुमति दिनुका साथै अस्पतालको पूर्वाधार निर्माण हेतु बजेट समेत निकासा दिएका थिए । निर्माण हुने ३ तथा निर्माणाधिन एक अस्पताल निर्माण भई सुचारु भए सप्तरीमा गजेन्द्र नारायण अस्पतालका अतिरिक्त सरकारी स्वामित्वको अझै ४ वटा अस्पताल थपिने छन् । जसले आम सर्वसाधारणलाई उपचारका निम्ति सहजता हुने नागरिक अगुवाहरुको बुझाई छ ।