Top_Header_Right_Add

तस्करको ताण्डब

तस्करको ताण्डब

गत मंगलबार राती तस्करलाई घेरा हालेर समात्ने क्रममा तस्कर समूहको मद्दतमा स्थानीयबासी समेत आएपछि राजविराज नगरपालिका १३ स्थित मुसहर्नियाँमा झडप नै भयो । झडपका क्रममा प्रहरीले चार राउण्ड हवाई फायर नै गर्नुप¥यो । भन्सार छलि गर्दै भारतीय बजारबाट मालसामान ल्याउने क्रममा प्रहरीले अबरोध गर्दा झडप भयो ।

आश्चर्यको कुरा त के रह्यो भने तस्कर समात्नकालागि खटेका प्रहरीलाई स्थानीयबासीले सघाउनुपर्नेमा उनीहरु घरेलू हतियार सहित तस्करलाई जोगाउन उत्रिए । राजस्व मारेर तस्करी गर्नु अपराध भएपनि स्थानीयबासी समेतले तस्कर जोगाउन थालेपछि यो विकृति कसरी नियन्त्रण होला भन्ने प्रश्न समेत यस घटनाले उब्जाएको छ । दुई पक्षीय झडपका क्रममा प्रहरीतर्फ दुई जना घाईते समेत भएका छन् भने अर्को पक्षमा कति घाईते भएका छन् वा छैनन् भन्ने यकीन भईसकेको छैन ।

सप्तरीमा तस्करी केही समय यता निकै बढ्न थालेको छ । कतिपय स्थानमा तस्करहरु समातिएका पनि छन् । कति स्थानमा प्रहरीलाई देख्नासाथ तस्करीका सामान फालेर तस्करहरु फरार पनि भएका छन् । राजस्व संकलनमा प्रत्यक्ष रुपमा प्रभाव पार्ने तस्करी नियन्त्रणकालागि सरकारले अझै कडा कदम नउठाउने हो भने यस्तो अवस्थामा भन्सार छलेर सामानको ओसार पसार गर्ने गिरोहको मनोबल अझै नबढ्ला भन्न सकिन्न ।

कोरोना महामारीका कारणले अहिले नाका बन्द गरिएको छ । संक्रमण नियन्त्रणकालागि स्थानीय प्रशासनले यस्तो कदम उठाएको हो । आवागमनमा रोक लगाएको समयमा पनि तस्करहरु सक्रिय हुन थाल्छन् भने एकातिर राजस्व मर्ने त निश्चितै छ भने अर्कोतिर सर्वसाधारणकालागि नाका बन्द गरिएपनि तस्करकालागि भने यो निर्बाध आवागमनको मौका बन्न सक्दछ । सूचना जारी गरेर नाका बन्द भएको जानकारी दिएर मात्र पुग्दैन बरु यस्तो बेलामा तस्करीको गैरकानूनी धन्दा बढ्दछ भने त्यसमाथि अझै कडाईको विकल्प देखिन्न । यसकालागि सीमा नाकामा सुरक्षाकर्मीको तैनाथी बढाउन जरुरी छ ।

सीमा नाका बाहेक पनि सुरक्षाकर्मीको आँखा छलेर चोर बाटोबाट समेत तस्करीका सामान ल्याउने क्रम बढ्दो रहेका कारण गस्तीमा समेत बढोत्तरीका आवश्यकता छ । यसका साथै स्थानीयबासीलाई तस्करी गैरकानूनी काम भएका कारण त्यसमा सहयोग भन्दा पनि प्रहरीलाई सघाउने विषयमा आग्रह गर्ने, छलफल चलाउने जस्ता काममा पनि जोड दिन जरुरी छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer