• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

झण्डै १२ लाख बढिको अबैध समान भंसार बुझाईयो

महोत्तरीका व्यापारी तस्करीको आरोपमा पक्राउ
झण्डै १२ लाख बढिको अबैध समान भंसार बुझाईयो

राजविराज, ०३ मंसिर ।
लकडनको मौका छोपी सप्तरीको तिलाठी–कुनौली तथा कुनौली–रम्पुरा नाकामा सप्तरी लगायत अन्य जिल्लाका तस्करहरु समेत सक्रिय भएका खबरहरु सार्वजनिक भई रहँदा बुधबार सप्तरी प्रहरीले अबैध मालसमानसहित महोत्तरीका एक व्यापारीलाई तस्करीको आरोपमा पक्राउ गरी कारवाही थालेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबारको बिहान डेढ बजे राती हनुमाननगर कंकालिनी नगरपालिका–११ स्थित हनुमाननगर९रम्पुरा सडक खण्डबाट प्रदेश न।०१–०४–०००१ ह।००७३ नम्बरको ओटो९टेम्पु०लाई अबैध मालसमानसहित पक्राउ गरी कारवाही थालिएको हो । टेम्पो र माल समान सहित टेम्पो चालक र महोत्तरी जिल्ला गौशला नगरपालिका–२ बस्ने बर्ष ३६ को सामान धनि सन्तोष कुमार साहलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

समान धनि साह, टेम्पो चालक सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न।११ बस्ने बर्ष २० को सेवाज खंगसहित टेम्पो र पक्राउ गरिएका समान समेत तिलाठीस्थित राजविराज भंसार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी गराएको छ । टेम्पोसहित समानको मूल्य ३ लाख ८ हजार ६ सय ८० रुपैयाँ निर्धारण गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी गराए ।

यसैगरी बुझबारै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न।१४ स्थित सप्तकोशी नदीमा भारतबाट अबैध रुपमा भंसार छली चुराका सेटहरु ढुङगामा लोड गरी ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिगएको प्रहरी टोलीले झण्डै ९ लाख जतिको मालसमान पक्राउ गरी आवश्यक कारवाहीका लागि भन्सार बुझाईएको डिएसपी साहले जानकारी गराएका छन् । प्रहरीले ८ लाख ९३ हजार मूल्य बराबरको सप्तरंगी कागज, झल्री कागज ३२ बण्डल, ¥यापिङ पेपर ५ बण्डल, खम्बा फुल, बाला चुरा सेट, बाला सेट, चुरा सेट र एक थान डुङ्गा पक्राउ गरी भन्सार बुझाएको हो ।