राजविराज, ०३ मंसिर ।
छठ पर्वको अवसर पारेर मैथिली संगित कला क्षेत्रमा ख्याति कमाएकी सप्तरीका दुई चेलीहरुले छठ गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् । सप्तरी घर भएकी म‘डल तथा नायिका डोली सरकार तथा गायन क्षेत्रमा लोकप्रिय अन्जु यादवको मैथिली छठ गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । म्यूजिक भिडियो सार्वजनिक भएलगत्तै फेसबु लगायतका सामाजिक संजालमा निकै चर्चा पाएको छ ।
‘जल्दी जल्दी चलु छठि घाटपर…’ बोलको म्युजिक भिडियो मंगलबार जननी फिल्म्स प्रा.लि.को जननी फिल्म्स यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । अन्जुद्वारा स्वरवद्ध उक्त म्युजिक भिडियोमा डोली र उनको समूहले अभिनय गरेकी छिन् ।
मिथिला मधेशका चर्चित गीतकार अशोक दत्तको शब्द रहेको उक्त गीतमा रोशन मिश्राले संगित भरेका छन् । जनकपुरधामको नटराज रेकर्डिङ्ग स्टुडियोबाट रेकर्ड गरिएको छठ गीतको छायाङ्कन प्रेम राउतले गरेका छन् भने सम्पादनमा प्रेम र रवेन्द्र मडर रविले गरेका छन् ।
पारम्परिक गायन रहेको जल्दी जल्दी चलु छठि घाटपर…बोलको म्युजिक भिडियोको निर्मातामा श्यामसुन्दर पथिक रहेका छन् । छठ गीतको निर्देशन समेत डोलीले नै गरेकी छिन् भने संयोजन कल्पना सरकारले गरेकी छिन् ।
हुनेखानेहरुका लागि रमाईलो मात्रै होईनन्, अति बिपन्न तथा पिछडिएकाहरुको लागि रोजगार समेत लिएर आउने गरेको हुँदा छठ पर्व सबै जातजातिका लागि महत्वपूर्ण बन्न गएको छ । यस पर्वले अति पिछडिएका डोम, चमारलगायतका जाति हुन वा कुम्हाले, मालि जस्ता विपन्नहरु सबैका लागि रोजगार र आम्दानी ल्याउने गरेको छ ।