राजविराज, ०३ मंसिर ।
सप्तरी सदरमुकाम राजविराजस्थित जिल्ला समन्व्य समितिको सभा कक्षमा बुधबार आयोजित एक कार्यक्रम माझ झण्डै ४ सय बढि युवाहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेको पार्टीले जनाएको छ ।
पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव लगायतका केन्द्रीय नेताहरुको विषेश उपस्थितिमा बिभिन्न पार्टी परित्याग गरेका तथा राजनीतिक रुपमा स्वतन्त्र रहेका युवाहरुको ठुलो समुह जसपामा प्रवेश गरेको पार्टीका युवा नेता किशोरकुमार यादवले जानकारी गराए । पार्टीका राष्ट्रिय अध्यक्ष यादवले पार्टीमा प्रवेश गरेका युवाहरुलाई अविर तथा माला लगाएर पार्टीमा स्वागत गरे ।
उक्त अवसरमा बोल्दै अध्यक्ष यादवले राजनीतिकलगायत जुनसुकै परिवर्तनका निम्ति युवा शक्ति अपरिहार्य रहेको भन्दै राजनीतिक तथा समाजिक रुपान्तरण, चेनता अभिबृद्धि तथा समृद्ध राष्ट्र निर्माणका लागि सक्षम, स्वस्थ्य र सबल युवा शक्तिको अपरिहार्यतामाथि जोड दिएका थिए ।
अध्यक्ष यादवले युवाहरुलाई अध्ययनशिल तथा सांगठनिक विकास र नेतृत्व क्षमता अभिबृद्धिका निम्ति क्रियाशिल हुन समेत आग्रह गरे । शिक्षित, सम्य, संगठित र समपर्णका लागि तयार युवा जमातले मात्रै परिवर्तन ल्याउन सक्ने भन्दै यादवले युवाहरुलाई अध्ययनशिल बन्नुका साथै संठन निर्माण एवम् नेतृत्व क्षमता अभिबृद्धीतर्फ अग्रसर हुन आग्रह गरे ।
उक्त अवसरमा जसपाका केन्द्रीय नेता एवम् प्रदेश–२का समाजिक विकास मन्त्री नवलकिशोर साह, राष्ट्रिय सभा सदस्यहरु मृगेन्द्रकुमार सिंह यादव, शेखरकुमार सिंह, केन्द्रीय नेता रेणुकुमारी यादव लगायत सांसद, विधायक, बिभिन्न स्थानीय तहका प्रमुख एवम् जनप्रतिनिधिहरु पार्टीका बिभिन्न तह तप्काका नेताहरुको वाक्लो उपस्थिति रहेको थियो । कोरोना संक्रमणको त्रासका बीच सरकारले जारी गरेको निर्देशन विपरीत सभा गृहमा व्यापक भीड देखिएपछि कतिपय नेता, संचारकर्मी लगायतकाहरु कार्यक्रम स्थल बाहिरैबाट फर्किएका थिए ।