Top_Header_Right_Add

सप्तरीमा थप २२ जनालाई कोरोना संक्रमण

वडाध्यक्षसहित सप्तकोशी नगरपालिकाको एउटै वडामा १४ संक्रमित
सप्तरीमा थप २२ जनालाई कोरोना संक्रमण

राजविराज, ६ कार्तिक। सप्तरीमा विहिवार थप २२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका मध्ये एउटै वडाका १४ सहित सप्तकोशी नगरपालिकाका मात्रै १७ जना छन् । जसमा वडाध्यक्ष समेत संक्रमित भएका छन्।

गजेन्द्रनारायण सिंह अस्पतालले विहिवार सार्वजनिक गररेको रिपार्ट अनुसार सप्तकोशी १० का २६, ६८, ४९, ३८, ४५, ४३, २२, ३१, ३५, ६१, ३५, ४५, २८ वर्षिय पुरुष र १४ वर्षिय वालिकालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ६८ वर्षिय पुरुष वडाध्यक्ष हुन्।

यसैगरी, सप्तकोशी १ का ५५ वर्षिय र ११ का २८ वर्षिय पुरुष पनि कोरोना संक्रमित भएका छन् । कंचनरुप नगरपालिका ३ घर भई सप्तरीकोशी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी ४४ वर्षिय पुरुष पनि संक्रमित भएका छन् ।

यस्तै, अग्निसाईर कृष्णासवरण गाउँपालिका ५ का ३२ वर्षिय पुरुष, वडा नं. २ का ३ र ७ वर्षिय पुरुष तथा ३७ र १५ वर्षिया महिलालाई संक्रमण पुष्टि भएको छ ।

यसअघि विहिवारै १० जनालाई संक्रमण पुष्टि भएको थियो । योसहित विहिवार सप्तरीमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ। हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या १५ सय ५४ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

यसैगरी, विहिवार ४ महिलासहित १८ जना निको भएका छन्। योसँगै कोरोना संक्रमण जित्नेका संख्या १२ सय ९३ पुगेको छ । सप्तरीमा हालसम्म कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ।

विहिवार साँझसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या २३६ छ।

यो पनि…

जिल्ला प्रशासन र इलाका प्रशासनका २/२ सहित थप १० जनालाई कोरोना संक्रमण

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer