• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

प्रेस युनियन सप्तरीको अध्यक्षमा श्रवण देव

प्रेस युनियन सप्तरीको अध्यक्षमा श्रवण देव

राजविराज, ६ कार्तिक। नेपाल प्रेस युनियन सप्तरीको अध्यक्षको जिम्मेवारी श्रवण देवमा सरेको छ । ०७५ सालमा सम्पन्न अधिवेशनमा भएको सहमति अनुसार वाँकी कार्यकालका लागि देव युनियनको अध्यक्ष वनेका हुन् ।

अधिवेशनमा अध्यक्षका लागि दुई उमेदवार खडा भएपछि आधा÷कार्यकाल अध्यक्ष वन्ने सहमति भएको थियो । सोहि सहमति अनुसार पत्रकार रामनारायण विश्वास २ वर्षसम्म युनियनको अध्यक्षको जिम्मेवारीमा थिए । ४ वर्षे पुर्ण कार्यकालको वाँकी कार्यकालका लागि देव अध्यक्ष वनेका हुन्।

अधिवेसन निर्वाचन समितिका संयोजक गणेशकुमार देवको अध्यक्षतामा आयोजित जिम्मेवारी हस्तान्तर कार्यक्रममा कांग्रेस सभापति दिनेशकुमार यादव, उपसभापति भूवनप्रसाद आचार्य, सचिव प्रभातकुमार ललन, क्षेत्रीय सभापति महानन्द यादव, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पूर्व अध्यक्ष धीरेन्द्रप्रसाद साह, कांग्रेसका पूर्व क्षेत्रीय सभापति भगवतीप्रसाद यादव, नगर सभापति शम्भुलाल देव, युनियनका उपाध्यक्ष ललिताकुमारी साह, विनयकुमारलाल कर्ण, नेविसंघका पूर्व अध्यक्ष अर्जुनप्रसाद साह लगायतको उपस्थिती थियो ।