राजविराज, १ कार्तिक। सप्तरीको सप्तकोशी नगरपालिकाले २ सय जना अशक्त ज्येष्ठ नागरिकलाई घर–घरमै पुगेर सम्मान गरेको छ ।
नागरिक र जनप्रतिनिधि विचको सम्वन्धलाई अझ प्रगाढ वनाउने र अशक्त भएर घरमै वसेका ज्येष्ठ नागरिकलाई सम्मान ब्यक्त गर्ने अभियान अन्तर्गत यो कार्यक्रम संचालन गरिएको उपमेयर आशा चौधरीले जानकारी दिईन । एक साता लगाएर यो कार्यक्रम शुक्रवार यो कार्यक्रम समापन गरिएको छ।
मेयर उत्तम कुमार गौतम, उपमेयर चौधरी, कार्यपालिका सदस्य कालुराम विष्ट लगायका जनप्रतिनिधिहरु घर घरमा पुगेर उनीहरुसँग भेट गरे । भेटका क्रममा हरेकलाई एक थान ब्यांकेट, हर्लिक्स तथा फलफुल पनि उपलब्ध गराईएको थियो ।
सोहि क्रममा उनीहरुको स्वास्थ्य जाँच समेत गरिएको उपमेयर चौधरीले वताईन । अधिकांश ब्यक्तिलाई ब्लड प्रेसर, छाला सम्वन्धि रोग, ग्याष्ट्रिक, दम रोग लगायतका समस्या देखिएको उनको भनाई छ।
मेयर गौतमका अनुसार सप्तकोशी नगरपालिका –१ का २७, २ का १७, ३ का २५, ४ का ११, ५ का १०, ६ का ७, ७ का ११, ८ का २७, ९ का २७, १० का २१ र ११ का १७ जना अशक्त ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
