• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
छिन्नमस्ता मन्दिरको सरसफाई

अशोक शर्मा
सखडा, २८ असोज। हिन्दुहरुका महान चाड दशै, तिहार र छठ पर्व नजिकिए सँगै सप्तरीको प्रसिद्ध शक्ति पिठ छिन्नमस्ता भगवती मन्दिर परिसर सरसफाई गरिएको छ ।

छिन्नमस्ता ३ का वडाअध्यक्ष दिपेन्द्रकुमार यादव, छिन्नमस्ता भगवती संरक्षण समितिका अध्यक्ष तथा पिठाधिस महाकान्त ठाकुर, जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र प्रसाद धमला, ईलाका प्रहरी कार्यालय सखडाका इन्चार्ज रामवालक ठाकुर लगायतको अगुवाईमा मन्दिरको सरसफाई गरिएको हो ।

पुजापाठका लागि आउने श्रद्धालु भक्तजनहरुको सुविधालाई ध्यानमा राखि मन्दिर परिसर, पोखरी लगायतका विभिन्न स्थानको सरसफाई गरिएको पिठाधिस ठाकुरले जानकारी दिए ।