• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

महिला हिंसा र वलात्कारका घटना विरुद्ध प्रदर्शन

महिला हिंसा र वलात्कारका घटना विरुद्ध प्रदर्शन

राजविराज, २४ असोज। महिला हिंसा र बलात्कारका घटना बढ्दै गएपछि शनिवार सप्तरीमा प्रदर्शन गरिएको छ ।
स्वतन्त्र युवा समुहको अगुवाइमा राजविराजको गजेन्द्र चौकमा भेला भएका युवाहरुले विरोध प्रदर्शन गरेका हुन्।

महिला हिंसा र बलात्कारका घटना बढ्दै गएपनि सरकारले यसलाई रोक्न कुनै पहल नगरेको सहभागिले वताए । वलात्कार जस्ता जघन्य अपराधका घट्नामा जनप्रतिनिधी र राजनितिक दलका नेता नै मिलापत्र गराउन थालेपछि विरोध गर्न कार्यक्रम आयोजना गरिएको प्रदर्शनकारी मध्येकी सुनिता साहले वताईन।

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखि सामाजिक दुरी कायम राखेर प्रदर्शन गरिएको उनको भनाई छ । ‘बलात्कार प्रयासको घट्नालाई ढाकछोप गर्न पाइँदैन, बलात्कार घट्ना मिलापत्र गराउने जनप्रतिनिधि, नेता र प्रहरीलाई कार्वाही गर, पीडितलाई मानसिक तनाव दिने काम बन्द गर, बलात्कारका घटनामा संलग्नलाई कार्वाही गर, बलात्कारीलाई उन्मुक्ति दिन पाइँदैन, महिला हिंसामा संलग्नलाई कार्वाही गर र बलात्कार गर्ने अपराधी जोगाउन पञ्चायती बसाउन पाइँदैन्’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित प्रर्शन गरिएको थियो ।