राजविराज, २३ असोज। सप्तरीको रुपनी गाउँपालिकाका एक ईन्जिनियरको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ ।
रुपनी गाउँपालिका १ घर भएका ३३ वर्षिय इन्जिनियरको काठमाण्डौं स्थित काठमाण्डौं मेडिकल कलेजमा उपचारका क्रममा विहिवार विहान मृत्यु भएको हो ।
मुटु र फोक्सो सम्वन्धि समस्याका कारण उपचार गराउन उनी काठमाण्डौं पुगेका हुन्। उनी धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदै काठमाण्डौं पुगेका गाउँपालिका अध्यक्ष हरेराम यादवले वताए ।
उपचारका लागि धरानमा करिव १५ दिन वसेका उनी अस्पतालकै सल्लाह अनुसार ४/५ दिनअघि काठमाण्डौं गएका हुन। यस विचमा उनले २ पटक कोरोना परिक्षण गराएको र दुवै पटक नेगेटिभ रिपोर्ट आएको अध्यक्ष यादवले जानकारी दिए ।
काठमाण्डौ मेडिकल कलेजमा विहिवार अप्रेसनको तयारी भएपछि तेश्रो पटक पिसिआर परिक्षण गराएका उनको विहिवार विहान नै रिपोर्ट पोजेटिभ आएको थियो । सोहि क्रममा विहान करिव साढे ९ वजे उनको मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।
मृतक इन्जिनियर रुपनी गाउँपालिकामा करारका जागिरे थिए । उनी विगत ५/७ वर्षदेखि कार्यरत रहेको अध्यक्ष यादवले वताए ।
योसहित सप्तरीका कोरोना संक्रमण भएर मर्नेहरुको संख्या १९ पुगेको छ