
राजविराज, २३ असोज । स्थानीय सरकारले ऐन/नियम विपरित काज सरुवा गरेको विरोधमा सप्तकोशी नगरपालिकाका शिक्षकहरु आन्दोलित भएका छन् ।
शिक्षा ऐन ०२८ र शिक्षा नियमावली ०५९ विपरित नगरपालिकाले शिक्षकहरुको सरुवा गरेको उनीहरुको आरोप छ । स्थानीय सरकार संचालन ऐन, २०७४ ले पनि आधारभुत र माद्यमिक शिक्षा सम्वन्धि अधिकार दिए पनि सरुवा वढुवाको अधिकार नदिएको अवस्थामा गरिएको निर्णय वदर गर्नु पर्ने उनीहरुले माग गरेका छन् ।
सरुवा वदरको माग गर्दै शिक्षकहरुले विहिवार मेयर उत्तमकुमार शर्मालाई ज्ञापन पत्र वुझाएका थिए । कोरोनाको विश्वब्यापी महामारी तथा शैक्षिक सत्रको विचमा विद्यालयको शैक्षिक संरचना नै विग्रिने गरी गरिएको शिक्षक तथा प्रधानाध्यापकहरुको सरुवा वदर गर्नु पर्ने ज्ञापन पत्रमा माग गरिएको छ।
नगरपालिकाले ज्ञापन पत्रलाई भाउ नदिएपछि शिक्षकहरुले शुक्रवार कालो पट्टि वाँधेर पठनपाठन गराएका छन् । असोज २५ गते दिउँसो १ दखि ३ वजेसम्म नगरपालिका कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको गोवर्धन वैराजी जनता माद्यमिक विद्यालयका शिक्षक उमाकान्त चौधरीले वताए ।
शिक्षकहरुको मागलाई वेवास्ता गर्दै रहे दोस्रो चरणका थप सशक्त कार्यक्रम घोषणा गरिने उनको भनाई छ । असोज १८ गते वसेको नगर शिक्षा समितिको वैठकले दरवन्दि मिलानका क्रममा नगर क्षेत्रका १४ जना शिक्षकको काज सरुवा गरेको छ। निर्णय विरुद्ध नगर क्षेत्रका ४३ जना शिक्षकहरु आन्दोलित भएका छन् । जसमध्ये ९ जना पुल दरवन्दिका छन् ।
यसैविच असोज १५ गते उच्च अदालत जनकपुर, राजविराज इजलासले पनि शिक्षकहरुको सुरुवा वढुवा गर्ने अधिकार स्थानीय तहलाई नरहेको भन्दै उत्प्रेसण, निषधाज्ञायुक्त परमादेश जारी गरेकाले नगरपालिकाको निर्णय सच्याउनुको विकल्प नरहेको शिक्षहरु वताउँछन् । सिरहाको लहान नगरपालिकाले ०७७ जेठ १८ गतेको गरेको शिक्षक सरुवाको निर्णय रमेश प्रसाद चौधरीले रिट दर्त गराएका थिए ।
असोज १५ गते जारी भएको उत्प्रेसण, निषधाज्ञायुक्त परमादेशमा शिक्षा ऐन नियमावली वमोजिम जिल्ला शिक्षा कार्यालय तथा जिल्ला शिक्षा अधिकारीवाट सम्पादन भई आएका कामहरु हाल शिक्षा विकास तथा समन्वय इकाई मार्फत गर्ने भनी नेपाल सरकार विज्ञान तथा प्रविधि मन्त्रालयको ०७५ वैशाख १९ गते पत्रकार गरेको देखिएको अवस्थामा सविधा र सन्तुलनको दृष्टिवाट विपक्षीहरुवाट राहत कोटामा कार्यरत शिक्षकलाई समेत सरुवा गर्ने गरी भएको निर्ण र सोका आधारमा भएका पत्राचारहरु समेत तत्काल कार्यान्वयन नगरी नगराई निवेदनको टुङ्गो नलागेसम्म यथास्थितीमा राख्न अन्तरिम आदेश जारी गरेको छ ।
यता सप्तकोशी नगरपालिको शिक्षा शाखाका अधिकृत रमेश खड्काले भने सिरहाको लहान र सप्तकोशी नगरपालिकाको विषय फरक भएको वताएका छन् । नगरपालिकाले शिक्षकहरुको सरुवा नगरी शिक्षा मन्त्रालयको पत्राचार अनुसार दरवन्दि मिलान मात्रै गरेको उनको भनाई छ । कात्तिक मसान्तसम्म दरवन्दि मिलान नगरे पुल दरवन्दिमा रहेका ९ जना शिक्षक मन्त्रालयले फिर्ता वोलाउने भएकाले यस्तो निर्णय भएको खड्काको भनाई छ ।
अर्कोतर्फ शिक्षक र विद्यार्थीको अनुपात मिलाउन पनि दरवन्दि मिलान गरिएको उनको भनाई छ । ‘कुनै विद्यालयमा शिक्षक धेरै, कुनै विद्यालयमा विद्यार्थी धेरै भएकाले अनुपात मिलाउन पनि यो आवश्यक थियो’ उनले भने–‘विषयगत शिक्षकहरुको अनुपात मिलाउन पनि दरवन्दि मिलान गरिएको हो ।’
विषयगत शिक्षकहरु कुनै विद्यालयमा धेरै कुनै विद्यालयमा हुँदै नभएका कारण पनि दरवन्दि मिलान वाध्यकारी भएको खड्काले वताए । नगरपालिकाको निर्णय विरुद्ध केहि शिक्षकहरुको असन्तुष्टि देखिएकाले त्यस विषयमा कार्यपालिका र नगर शिक्षा समितिले निर्णय गर्ने उनको भनाई छ ।