• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

कोरोना संक्रमण भएका थप एक वृद्धको मृत्यु

कोरोना संक्रमण भएका थप एक वृद्धको मृत्यु

राजविराज, २३ असोज। सप्तरीमा कोरोना भाइरसको संक्रमण भएका थप एक वृद्धको मृत्यु भएको छ ।

डाकनेश्वरी नगरपालिका ४ का घर भई राजविराज ६ मा वस्दै आएका ६७ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

कोरोना रिपार्ट पोजेटिभ आएपछि उनी होम आईसोलेसनमा वसेका थिए । स्वासप्रस्वासमा समस्या देखिएपछि १८ असोजमा उनलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो ।

विहिवार राती स्वास्थ्य थप जटिल भएपछि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएका वृद्धको बाटोमै मृत्यु भएको जनाईएको छ । उनलाई निमोनियाँको थप समस्या देखिएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेसु रणजीत कुमार झाले जानकारी दिएका छन् ।

यो सहित सप्तरीमा कोरोना संक्रमण भएका मृतकको संख्या १८ पुगेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।