• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
रुपनीमा भेटियो मृत बँदेल

राजविराज, २१ असोज। सप्तरीको शम्भुनाथ नगरपालिका–१ रुपनीमा वुधवार जंगली बँदेल मृत अबस्थामा भेटिएको छ ।

पुर्व पश्चिम राजमार्गको गोबिन्द चौक नजिकै करिव ७० किलोको बँदेल मरेको अबस्थामा भेटिएको डिभिजन बन कार्यालय सप्तरीले जनाएको छ। बँदेल मरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

ईलाका प्रहरी कार्यालय रुपनी र शम्भुनाथ सव बन डिभिजन कार्यालय रुपनीबाट खटिएका टोलिले मृत बँदेल वरामद गरेको छ। सवारी दुर्घटनामा परेर वँदेल मरेको हुन सक्ने आशंका गरिएको छ ।

स्थानीयवासीको रोहवरमा वँदेललाई गाडिएको तथा घटना बारे अनुसान्धन सुरु गरिएको बन कार्यालयले जनाएको छ ।