विरेन्द्रवजार, २१ असोज। सप्तरीमा बुधबार राती वन कर्मचारीको गस्ति टोली माथि तस्कर समुहले आक्रमण गरेको छ ।
तस्करको आक्रमणवाट डिभिजन वन कार्यालय राजविराजको बा १ झ ७६२० नम्बरको पिकअप भेनमा क्षति पुगेको छ।
सप्तरी र उदयपुरको सिमानामा पर्ने गिद्वेडाँडा नजिक राष्ट्रिय वनमा सालको रुख काटी चिरान गरेका जानकारी पछि गस्ति टोली त्यसतर्फ गएको थियो । राती करिव १० बजे सुरुङ्गा नगरपालिका १ स्थित दमौटी बजारमा काठ तस्कर र कर्मचारी विच भेट भएको थियो ।
गस्ती टोलिले काठ गाडिमा लोड गरि ल्याउदै गर्दा बाटोमा तस्करहरुले आक्रमण गरेको डिभिजनल वन अधिकृत संतोष झाले बताए । गाडिको अगाडीको सिसामा क्षति पुगेको तथा मानबिय क्षति भने नभएको उनको भनाई छ ।
आक्रमणपछि गस्ति टोलीले बल प्रयोग गरेको र उनीहरु पछी हटेको झाले जानकारी दिए । बन कर्मचारीहरुले २८ थान चिरान काठ नियन्त्रणमा लिएका छन । पछिल्लो केहि समयदेखी बन कर्मचारीको सक्रियता बढेको छ । यस क्रममा ठूलो परिमाणमा काठ बरामद भएको छ।
रुपनी गाउँपालिका ६ दुधैला खोलाबाट सोमबार १४ थान काठ सहित १ जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेको ब्यक्ति काठ तस्कर नभएर ओसार–पसारमा संलग्न लेवरमा खटिएका ब्यक्ति भएको सव डिभिजन बन कार्यालय रुपनीले जनाएको छ । पेशेवर अभियुक्तहरुको खोजी भईरहेको जनाइएको छ । पक्राउ परेका ब्यक्ती शम्भुनाथ सव डिभिजन कार्यालय रुपनीको नियन्त्रणमामा छन्।