• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

जनमत पार्टीले वुझायो सिडिओलाई ज्ञापन पत्र

जनमत पार्टीले वुझायो सिडिओलाई ज्ञापन पत्र

राजविराज, २० असोज। भएकोसिके राउत नेतृत्वको जनमत पार्टी सप्तरीले आफना कार्यकर्तामाथि आक्रमण भएको भन्दै सिडिओलाई ज्ञापन पत्र वुझाएको छ ।

पार्टीका जिल्ला इन्चार्ज सुर्यदेव यादवले वुझाएको ज्ञापन पत्रमा कहि दिन अघि राजगढ गाउँपालिका ४ निवासी विद्यार्थी जनमत संघका जिल्ला संयोजक संतोष साह मधेशी माथी जनप्रतिनिधिले नै आक्रमण गरेको उल्लेख छ । सोहि गाउँपालिका– ६ का वडा अध्यक्ष कमलदेव यादवको समुहले साहको घरमा गएर गुण्डा गर्दीको शैलीमा त्रास फैलाएको र सांघातिक आक्रमण समेत गरेको जनाईएको छ ।

साह सहित सप्तरी भरी नै जनमत पार्टीका नेता, कार्यकर्ता तथा सुभेच्छुकहरु माथि आक्रमण भईरहेकाले त्यस्ता ब्यक्तिलाई वेलैमा कानुनी कारवाही गर्न माग गरिएको छ । अन्यथा जनमत पार्टी चुप लागेर नवस्ने चेतावनी समेत दिईएको छ ।