राजविराज, २० असोज। सप्तरीमा मंगलवार ७ महिलासहित थप २२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
राजविराजमा ७ महिला र १२ पुरुष, रुपनी गाउँपालिकामा २ पुरुष र तिलाठि कोईलाडि गाउँपालिकामा १ पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
योसहित जम्मा संक्रमितको संख्या १३४४ पुगेको छ । जसमा १७ जनाको मृत्यु भएको छ भने १ हजार ८६ जना निको भएका छन् ।
जिल्लामा हाल ३५८ जना संकृय संक्रमित रहेको निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।