• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

एसपीलाई पत्रकार महासंघको चेतावनी– आत्मआलोचना गर्नोस्, अन्यथा विकल्प वारे विचार गर्छौ

एसपीलाई पत्रकार महासंघको चेतावनी– आत्मआलोचना गर्नोस्, अन्यथा विकल्प वारे विचार गर्छौ

राजविराज, १९ असोज। समाचार संकलनका लागि सोमवार जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेका नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश कुमार झालाई एसपी राजेन्द्रप्रसाद धमलाले दुब्र्यवहार गरेका छन् । ‘मेरो अनुमति विना प्रहरी कार्यालयमा रिर्पोटिङ्ग गर्न पाइदैन’ भन्दै उनले झालाई कार्यालयवाट निस्न निर्देशन दिएका छन् । घट्नाको नेपाल पत्रकार महासंघ सप्तरीले विरोध गरेको छ । शाखा सप्तरीका सचिव जितेन्द्र कुमार झाले सोमवारै एक प्रेस विज्ञप्ति प्रकाशित गरी घट्नाको घोर भर्त्सना गरेका हुन् ।

‘सप्तरीको परिवेशमा महिला हिंसा तथा उत्पीडनका एक पछि अर्का घटनाहरु पछिल्लो समय दिनहुँ जसो सार्वजनिक भईरहेको अवस्था छ’ विज्ञप्तिमा भनिएको छ–‘कतै पंचायतीको नाममा, कतै पहुच र पैरवीको नाममा त कतै प्रहरीको गैर जिम्मेवारी एवम् हेपहा रवैयाको नाममा महिलाहरु माथि हुने यौनजन्य हिंसा तथा घरेलु एवम् सामाजिक उत्पीडनका घटनाहरु दवाउन लगुकाउन खोजिएका कारण पिडितलाई न्याय पाउन गाह्रो भईरहेको पिडित पक्षको गुनासो, आरोप लगायत विभिन्न तथ्य सहितका समाचारहरु समेत प्रमुखता साथ प्रशासन प्रसारण हुँदै आएको छ । ’

यसै परिवेसमा ०७७ असोज १९ गते सप्तरीका केही अगुवा महिला जनप्रतिनिधि, कानुन व्यवसायी महिला तथा महिला अधिकारकर्मीहरुको एक टोली जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी धमलासंग भेटेर महिला हिंसाका घटनाहरु वारे सामुहिक चिन्ता र चासो व्यक्त गर्दै यस्ता घटना प्रति प्रहरीलाई अझ चनाखो वन्न ध्यानाकर्षण गराईरहँदा टोली सँगै रिर्पोटिंङ्ग गरिरहेका पत्रकार झालाई अपमानित गरिएको विज्ञप्तिमा उल्लेख छ।

‘महिला हिंसा न्यूनिकरण जस्तो सार्वजनिक सरोकारका विषयमा समाजका महिला अगुवाहरुले जिल्ला प्रहरी कार्यालय भित्रै जिल्लाका प्रहरी प्रमुखलाई सार्वजनिक रुपमा आह्वान गरिरहँदा त्यहाँ रिर्पोटिङ्गका लागि पुगेका पत्रकारले दुवै पक्षको कुराकानी सुन्नु, रिर्पोटिङ्गका लागि टिपोट गर्नु जस्ता काम पत्रकारहरुको सामान्य दैनिकी हो’ विज्ञप्तिमा अगाडि उल्लेख छ–‘यसअघि पनि विभिन्न प्रहरी प्रमुखहरु हुँदा यस्ता विषयहरुमा पत्रकारहरुले निर्वाध रुपमा रिर्पोटिङ्ग गर्दै आएको हाम्रो अनुभव छ । सप्तरी मात्रै नभई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा पनि यस्तो सार्वजनिक महत्वका मुद्दाहरुमा रिर्पोटिङ्ग गर्दा कसैको आदेश वा अनुमति नै लिनुपर्छ भने दृष्टान्त पनि कहि कतै रहेको देखिदैन।’

एसपीले आफ्नो कमजोरी ढाकछोप गर्न तथा कमी कमजोरी वारे रिर्पोटिङ्ग गरेको विषयमा पत्रकारमाथि रिसिवी साधेको र दुर्ब्यवहार गरेको महासंघले निष्कर्ष निकालेको छ । विज्ञप्तिमा आत्मआलोचना गर्न एसपीलाई आग्रह गरिएको छ । आईन्दा यस्तो व्यवहार पुनः नदोहोर्याउन आग्रह गर्दै अन्यथा पत्रकारहरुको आत्मसम्मान सहित आफ्नो अधिकार र स्वतन्त्रताका निम्ती महासंघले अन्य विकल्पहरु वारे विचार गर्ने चेतावनी समेत दिईएको छ ।