• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

उपेन्द्र यादवको कटाक्षः समाजवादको नीति– ‘एउटै भाषा, एउटै भेष’

उपेन्द्र यादवको कटाक्षः समाजवादको नीति– ‘एउटै भाषा, एउटै भेष’

राजविराज, १८ असोज। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कम्युनिष्टलाई कलंकको संज्ञा दिएका छन् ।
सप्तरी सदरमुकाम राजविराजमा आईतवार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
ओली नेतृत्वको सरकार पञ्चायत र राणाकालीन शासन व्यवस्था जस्तै एउटै भाषा, एउटै भेषको नीतिमा अघि बढेको यादवलको आरोप छ । उनले भने–‘यो संघीयता समाप्त पार्ने सडयन्त्र हो ।’

विभन्नि आन्दोलनमा युवाहरुले गरेको त्याग र बलिदानबाट शासन व्यवस्था परिवर्तन भएको स्मरण गराउँदै उनले भने–‘युवाहरुका लागि नत शिक्षा छ, न रोजगार।’ शिक्षित युवाहरुले स्वदेशमा रोजगारी नपाएर विदेशिनु दुर्भाग्यपूर्ण भएको यादवले वताए ।

एसियाली देशहरु मध्ये सवैभन्दा अव्यवहारिक एवम् अवैज्ञानिक शिक्षा नेपालमै रहेको उनले वताए । ‘शिक्षा प्रणालीमा व्यापक सुधारको खाँचो छ’– उनले भने।

युवा संघ प्रदेश २ का अध्यक्ष आतेशकुमार सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यक्रममा प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, राज्यमन्त्री योगेन्द्र राय यादव, राष्ट्रिय सभा सदस्यद्वय मृगेन्द्रकुमार सिंह यादव र शेखरकुमार सिंहलगायतले वोलेका थिए ।

कार्यक्रममा करिव तीन सय युवा समाजवादी युवा फोरममा प्रवेश गरेका छन् ।