• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कृषि

धान वालिमा गवारोको प्रकोप, चिन्तामा किसान

धान वालिमा गवारोको प्रकोप, चिन्तामा किसान

राजविराज, ९ भदौ । सप्तरीको अधिकांश क्षेत्रको धानवालीमा गवारो किराको प्रकोप देखिएको छ । किराको प्रकोप वढेपछि किसानहरु चिन्तित छन् ।

पुतली प्रजातिको गवारो किराले धानको गाभा काटेर क्षती गर्ने गरेको किसानहरु वताउछन् । किराको प्रकोप वढ्दै जाँदा धानको वोट सुकेर पहेंलो हुन थालेको छ । समयमा पानी र मलको ब्यवस्थापन नहुँदा जसोतसो लगाएको वालि पनि किराले नष्ट गर्न थालेको किसानहरुले वताए । समयमै किरा नष्ट गर्न नसके वालि सखाप पार्ने र किसानहरु भोकभोकै पर्ने उनीहरुको गुनासो छ।

कृषि ज्ञान केन्द्र राजविराजले पनि जिल्लाको उत्तरी भागमा गवारो किराको प्रकोप वढि देखिएको जनाएको छ । ज्ञानकेन्द्रका कर्मचारी दिनेश यादवले भने–‘किराले सप्तरी, सिरहालगायत प्रदेश २ का ८ वटै जिल्लामा धानवालि क्षती गरेको छ। त्यसका लागि हामीले चेतनामुक कार्यक्रमहरु संचालन गरिरहेका छौ ।’

किसानहरुमा प्राविधिक ज्ञानको कमी र किराका लागि अनुकुल वातावरण भएका कारण गवारो किराको प्रकोप वढि देखिएको उनको भनाई छ । ‘हाम्रा किसानहरु खेतीमा असन्तुलित मलको प्रयोग गर्छन। कुनै हाल्दै नहाल्ने अनि कुनै आवश्यक्ता भन्दा वढि हाल्ने गर्दा पनि यो समस्या देखिन्छ’ उनले भने–‘हामीले भन्दा भन्दै पनि यो प्रवृत्तिमा सुधार ल्याउन सकिएन।’

रासायनिक मल डीएपी, युरिया, पोटास लगायतको मलको सही मात्रा नमिल्दा बालीको जरो नरम र कमजोर भएको र किराले आक्रमण गर्न थालेको उनको भनाई छ।

अर्कोतर्फ ठुलो वर्षापछि खडेरी परो भने पनि गवारो किराले दुख दिने गरेको यादवले वताए । ‘अहिलेको मौसम पनि किराका लागि अनुकुल छ’ उनले थपे–‘वादल लाग्ने तर पानी नपर्ने तथा वादल लागेर धुम्म पर्ने मौसममा गवारो किराको प्रकोप वढि हुन्छ।’

यसका लागि स्थानीय तहका कृषि प्राविधिकहरुसँग सल्लाह लिन उनले सुझाव दिएका छन् । ज्ञान केन्द्रले किसानहरुको सहजताका लागि जनचेतनामुलक कार्यक्रम पनि संचालन गरिरहेको यादवले जानकारी दिए । ‘वत्तिको सहयायतले पनि यो किरा मार्न सकिन्छ’ उनले भने– ‘किरालाई वत्तिमा आकर्षित गर्ने र तल विषादी प्रयोग गरी मार्ने एउटा सहज उपाय हो।’

किरा मार्ने अन्य धेरै विकल्प हुने भएकाले स्थानीय स्तरमा रहेका प्राविधिकसँग सल्लाह गरेर अनुकुल विपल्प प्रयोग गर्न उनको सुझाव छ।