Top_Header_Right_Add

कोरोना जित्नेको अनुभवः मनोवल उच्च छ र शरिरमा रोगसँग लड्ने क्षमता छ भने तपाईको शरिरमा भएर पनि कोरोनाले केहि गर्न सक्दैन

कोरोना जित्नेको अनुभवः मनोवल उच्च छ र शरिरमा रोगसँग लड्ने क्षमता छ भने तपाईको शरिरमा भएर पनि कोरोनाले केहि गर्न सक्दैन

राजविराज, २५ साउन । सप्तरीमा यतिवेला कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेको छ। भारत लगायत तेश्रो मुलुकवाट आएर विभिन्न क्वारेन्टाईमा वसेका ब्यक्तिहरु हुँदै साउनको पहिलो सातादेखि सदरमुकाम राजविराजमा समुदायमै संक्रमण देखियो ।

औषधी उपचारका लागि भारतको विभिन्न शहर पुगेर फर्केका राजविराज ६ निवासी ७२ वर्षिय ब्यापारीको साउन १ गते उपचारका क्रममा धरानमा मृत्यु भएपछि कोरोना समुदायमा पुगेको पुष्टि मात्रै होईन, समुदायमा तिव्र रुपमा संक्रमण फैलिएको पनि देखियो । लगत्तै जिल्ला सुरक्षा समितिले साउन ८ गतेदेखि राजविराज नगरपालिकामा अनिश्चित कालिन निशेधाज्ञा जारी गर्यो ।

तर, समस्या यतिमा मात्रै सिमित रहेन । सदरमुकाम राजविराजवाट सुरु भएको यो समस्या जिल्लाका अन्य स्थानीय तहमा पनि देखिएको छ । मानिसहरु त्रासपुर्ण अवस्थामा वाँचिरहेका छन् । अवस्थालाई सामान्य अवस्थामा ल्याउन जिल्ला सुरक्षा समितिको निर्णय अनुसार साउन २० गतेदेखि लागु हुने गरी जिल्लाभरी सात दिने निशेधा जारी गरिएको छ । यद्यपी जिल्लाको अवस्था सन्तोसजनक देखिएको छैन ।

पछिल्ला दुई दिनदेखि सार्वजनिक भईरहेको रिपोर्टमा संक्रमितको दर केहि घटेको देखिएपनि राजविराज नगरपालिका र तिलाठि– कोईलाडि गाउँपालिकाको अवस्था अझै पनि सुधार भईसकेको छैन । जिल्लामा हालसम्म संक्रमितको संख्या ५ सय ७२ पुगेको छ भने कोरोनाकै कारण २ जनाले ज्यान गुमाएका छन् ।

आशा लाग्दो कुरा के छ भने संक्रमित भएर ठिक हुनेहरुको संख्या पनि सप्तरीमा ठुलो छ । शनिवार साँझसम्म सप्तरीमा उपचारपछि निको भएर घर फर्कनेको संख्या ३५८ पुगेको छ । जस्मा ४१ महिला र ३९९ पुरुष छन् । तिनै मध्ये राजविराज ८ स्थित सफटेक इन्जिनियरिङ्ग कलेजका ब्यवस्थापक ब्यवस्थापक प्रमोद यादवसँग हामीले गरेको सामान्य कुराकानी उनकै शब्दमा यहाँ प्रश्तुत गरेका छौं ।

यसरी भए म संक्रमित
०७७, असार २२ गते मेरा मित्र राजेश कुमार कर्ण र उनको सम्पूर्ण परिवार भारतको विहार, खरुवा दरभंगाबाट आएका थिए । लकडाउन हुनु भन्दा १ हप्ता अगाडी आफ्नो आमाको स्वास्थ उपचारका लागि उनीहरु दरभंगा गएका थिए । उपचारकै क्रममा नेपालमा लकडाउन सुरु भएकाले लामो समय उनीहरु उतै बसे। करिब चार महिनापछि लकडाउन खुकुलो भयो र कुनौली भन्सार नाकाबाट हनुमाननगर हुँदै उनीहरु राजविराज पुगे । म पनि हर्षकासाथ उनीहरुलाई भेट्न गए ।

यसरी, लगातार भेटघाट भइ रह्यो। करिब एक हप्तापछि वहाँको बुवालाई ज्वरो आयो । साधारण पारासिटामोल खाएपछि ज्वरो ठिक भयो । त्यसपछि दुई दिन लगातार खोकी लाग्यो र श्वासप्रस्वासमा समस्या देखियो। मित्र राजेशको आमा सुगरले ग्रसित भएका कारण दैनिक दुई पटक इन्सुलिन दिनु पथ्र्यो । त्यसैले राजेश घरमै वस्नु बाध्यता थियो । सोही क्रममा म र वहाँको एक जना कर्मचारी अंकल भएर वुवालाई धरानको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लग्यौ। ससपेक्टेड वार्डमा राखेर उपचार सुरु भयो पछि राजेश पनि धरान पुगेपछि म राजविराज फर्किए ।

विरामीको अवस्था सम्झेर चिन्तित थिए। भोली पल्ट बेलुका करिव ५ बजे राजेशको फोन आयो। बुवालाई कोभिड–१९ पोजेटिभ आएको खवर उनैवाट सुने। सुन्दा अचम्म लाग्यो, झसङ्ग भए। तर, मसँग अर्को विकल्प वाँकी थिएन, त्यसैले राजेशलाई धैर्य हुन सल्लाह दिए । सोही राती करिब ११ बजे बुवाको निधन भएको खबर आएपछि हामी स्तब्ध भयौं। हामीसँग कुनै विकल्प वाँकी रहेन।

यसरी एकातर्फ दुःखद् घट्ना भोग्नु पर्यो भने अर्कोतर्फ आफनो बारेमा पनि सोच्नु पर्ने अवस्था आयो । पिसिआर परिक्षणका लागि स्वाव दिए । श्रीमतिसहित मेरो रिपोर्ट पोजेटिभ आयो। सवैको सल्लाह अनुसार हामी दुवै जना होम आइसोलेसनमा वस्यौं।

संक्रमित भएपछिको अनुभव
पहिलो एक/दुई दिन धेरै चिन्ता लाग्यो । न खाना रुच्थ्यो, नत निन्द्रानै लाग्थ्यो । कोरोना लागेपछि मान्छे वाँच्दैन भनेको सुनेको र आफ्नै साथीको वुवाले ज्यान गुमाउनु परेको घट्ना आफैले भोगेकाले डर लाग्नु स्वभाविक थिए । आफु जिन्दगी र मृत्यु बीच भएको महशुस भई रहन्थ्यो । तर, दुई तिन दिनपछि डर हराउँदै गयो र कोरोनाको वारेमा जिज्ञासा वढ्न थाल्यो । कोरोनावाट वच्न के गर्ने भन्ने विषयमा यूट्यूबमा खोज्न थाले ।

अर्कोतर्फ आफन्त र शुभ चिन्तकहरुको सल्लाह–सुझाव अनुसार कोरोना विरुद्ध लड्न आफनो शरिरलाई मजवुत वनाउँन थाले । पछि भारतीय अभिनेता अभिताव बच्चन र उनको परिवारलाई कोरोना लागेको र केहि कोरोना जितेर फर्केको कुरा समाचारवाट थाहा पाए । उनीहरु निको भएको सुन्दा म पनि आशावादी भए । हामी पनि पक्कै निको हुन्छौं भन्ने आशा जाग्यो र करिब १६ दिनपछि श्रीमतिसहित आफु संक्रमणवाट मुक्त भएको खवर आयो । मेरो हर्षको कुनै सिमा थिएन। आफ्ना घर परिवार तथा शुभेच्छुकमा यो जानकारी गराउँन पाउँदा आफै भाग्यमानी भएको महसुस गरीरहेको छु।

खासमा भन्ने हो भने कारोना जित्न हामीले त्यस्तो कुनै उपचार भेटेनौं र गरनौं पनि । जसले हामीलाई हौसला दिनु भयो, त्यहि हौसला नै हाम्रा लागि एक मात्र औषधी वन्यो। आफन्त र शुभचिन्तकहरुले हामीलाई कहिलै पनि निरास भएर वस्ने मौका नै दिनु भएन । जसका कारण हामी संक्रमणवाट वाहिर आउन सक्यौं। उहाँहरु प्रति म र मेरो परिवार सदैव ऋणी रहनेछ।

संक्रमित व्यक्तिका लागि सुझाव

जो संक्रमित हुनु भएको छ, वहाँहरुलाई सामान्य सल्लाह दिन चाहान्छु। संक्रमण भएको जानकारी पाउने वित्तिकै मानिसहरु आत्तिने गरेका छन् । त्यसको कुनै जरुरी छैन। तनावले झन समस्या गर्छ । मुख्य कुरा के हो भने तपाई जति धेरै चिन्ता मुक्त वस्न सक्नु हुन्छ, त्यति नै चाँडो कोरोनालाई परास्त गर्न सक्नुहुन्छ। धेरै सोच्ने र तनाव लिने काम नगर्नुहोस, यसले तपाईको रोगसँग लड्ने क्षमता कमजोर वनाउँछ। त्यसैले कोरोना लागेको छ भन्ने विर्सेर आफुलाई मजवुत वनाउनुहोस। यदि तपाईको मनोवल उच्च छ र शरिरमा रोगसँग लड्ने क्षमता छ भने तपाईको शरिरमा भएर पनि कोरोनाले केहि गर्न सक्दैन। त्यो आफै क्षमता गुमाएर जान्छ ।

यसैगरी, शरिरलाई मजवुत वनाउन दैनिक तातो पानी, काँचो लहसुन, कागती पानी, गिलोइ, दुध–वेसार, ल्वाङ्ग, अलैची, दालचिनी, अदुवा, तुलसीको पात, वेसार, मेथी र ज्वानोको झोल पिउने गर्नोस। यसले तपाईलाई रोगसँग लड्ने क्षमता प्रदान गर्दछ ।

तातो खाना खानोस, अण्डा, चना, पिस्ता पदाम जस्ता प्रोटिनयुक्त खाजा खानुहोस। यसमा दैनिक करिव ८ घण्टा सुत्नु पनि उपर्युक्त मानिन्छ। विहानको समयमा घाममा वस्नु, शारीरिक ब्यायाम गर्नुहोला। यसका साथै तातो पानीको वाफ लिनु पनि उपयुक्त मानिन्छ। यसैगरी, आफु वस्ने कोठा तथा आफनो सम्पुर्ण काम मास्क लगाएर आफै गर्नुहोला। जसले गर्दा संक्रमण अन्यत्र फैलन नपाओस।

अन्त्यमा सम्पुर्ण संक्रमित महानुभावहरु यो विपत्तिवाट चाँडो मुक्त हुनुहोस भन्ने कामना गर्छु र जो हालसम्म सुरक्षित हुनु हुन्छ वहाँहरु पनि अझै सजग भएर वस्न अनुरोध गर्दछु ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer