Top_Header_Right_Add

कोरोना संक्रमितको प्रश्नः हामीलाई आईसोलेसनमा राखेको वचाउन की मार्न ? [फोटो र भिडियोसहित]

कोरोना संक्रमितको प्रश्नः हामीलाई आईसोलेसनमा राखेको वचाउन की मार्न ? [फोटो र भिडियोसहित]

राजविराज १५ साउन । कोरोना उपचार तथा व्यवस्थापनका लागि राजविराजमा स्थापना गरिएको आइसोलेसन केन्द्र फोहोर र दुर्गन्धित भएको भन्दै गुनासो सुरु भएको छ ।

आईसोलेसको फोटो तथा भिडियो समाजिक संजालमा राखेर ब्यवस्थापकिय समस्याका कारण आईसोलेसन वस्न योग्य नभएको भन्दै गुनासो सुरु भएको हो । संक्रमितहरुले ‘फेसवुक लाइभ’ गरेर आईसोसमा वस्ने/सुत्ने ठाउँदेखि, खाना पकाउने/खाने र शौचालय समेत दुर्गन्धित रहेको वताई रहेका छन् भने त्यसै अनुसारका फोटो तथा भिडियो समेत सार्वजकि भईरहेका छन् ।

हेर्नुहोस भिडियो

फोहोर र दुर्गन्धका कारण संक्रमितहरुले कष्टपुर्ण समय गुजार्नु परिरहेको गुनासो ब्यापक छ । आईसोलेसनमा रहेको फोहोरका कारण संक्रमितहरुलाई हैजा लाग्न सक्ने संक्रमितहरुले नै गुनासो गरेका छन् । यसैगरी, खाने कुरामा पनि टायम-टेवल नहुने र तागतिलो खानेकुरा खानु पर्ने अवस्थामा अधिकांश फर्सिको तरकारी र नास्तामा चाउचाउ मात्र दिने गरेको संक्रमितको गुनासो छ । उनीहरुको प्रश्न छ–हामीलाई आसईसोलेसनमा राखेको मार्न की वचाउन ?’

आईसोलेसनको आन्तरिक ब्यवस्थापन गरिरहरेको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रणजीत कुमार झा भने प्रचार गरिए जस्तो समस्या आईसोलेसनमा नरहेको दावी गर्छन । ‘गुनासो आएपछि म गएर त्यहाँको अवस्था हेरे। देखिएका केहि समस्या समाधान पनि भएका छन्’ उनले भने–‘तर, ववण्डर नै मच्चाउने गरी समस्या छैन ।’ घरमा वसेजस्तो सुविधा खोज्ने केहि ब्यक्तिले समान्य समस्यालाई ठुलो समस्याका रुपमा प्रस्तुत गरिरहेको उनको भनाई छ ।

आईसोलेसनमा २ जना कार्यालय सहयोगी र २ जना स्विपरले दिनहुँ सरसफाई लगायतका काम गरिरहेका थिए । ‘सरसफाई फितलो भयो भन्ने गुनासो आएपछि थप १ जना स्विपर नियुक्त गरी सरसफाईलाई तिव्रता दिईएको छ’ उनी भन्छन्–‘कतिपय समस्या त्याँ वस्नेहरुकै कारण पनि उत्पन्न भएका छन्। आफुले खाएको फोहोर त्यसै ठाउँमा छोडेर हिड्ने अनि फोहोर भयो भनेर हल्ला गर्ने प्रवृत्तिको विकास भईरहेको छ ।’

हालसम्म साढे ३ सय भन्दा वढि संक्रमितहरु सोहि आईसोलेसन र विद्यमान ब्यवस्थानमै उपचारपछि डिस्चार्ज भएर गएको जानकारी दिएका उनले भने–‘अहिलेसम्म कुनै गुनासो आएको थिएन, तर जव राजविराजका मानिसहरु भर्ना हुन थाले अनि समस्या देखिएको छ ।’ होम आईसोलेसनमा वस्न इच्छा गर्नेहरुले आईसोलेसनमा समस्या देखाएर समस्या गर्न खोजेको उनको वुझाई छ ।

यद्यपी श्रोत/साधानको उपलब्धताका आधारमा आईसोलेसनमा समस्या आउन नदिने झाले प्रतिवद्धता जनाए ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer