Top_Header_Right_Add

मालपोत कार्यालयका नासु ठाकुर विरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर

मालपोत कार्यालयका नासु ठाकुर विरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर

राजविराज, १५ साउन । घुस लिएको आरोपमा पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय, सप्तरीका नायव सुब्वा कृष्ण बल्लभ ठाकुर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको छ।

ठाकुरले आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बदनियतपूर्वक रकमको बार्गेनिङ गरी सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस लिएर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर/अपराध गरेको देखिँदा बिगो १३ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गर्न अख्तियारले माग गरेको छ ।

ट्रायल चेक गरी बढी जग्गाको श्रेष्ता कायम गरी दिने भन्दै सेवाग्राहीसँग १३ हजार घुस लिएको आरोपमा असार ३० गते ठाकुर पक्राउ परेका थिए । सेवाग्राहीको सूचना र उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले उनलाई पक्राउ गरेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer