• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

राजविराजको न्यु सगरमाथा एग्रोभेटमा प्रहरीको छापा

अवैध रुपमा भण्डारण गरिएको ५५ हजार रुपैयाँ वरावरको ७४ वोरा युरिया सहित एक पक्राउ
राजविराजको न्यु सगरमाथा एग्रोभेटमा प्रहरीको छापा

राजविराज, ११ साउन । सप्तरीको राजविराज नगरपालिका–६ स्थित न्यु सगरमाथा एग्रोभेट सेन्टरमा आईतवार प्रहरीले छापा मारेर अवैध रुपमा भण्डार गरी राखेको करिव ५५ हजार मुल्य वरावरको ७४ वोरा युरिया मलसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

भन्सार छली गरी अवैध रुपमा भित्र्याईएको युरिया मल स्थानीय सुर्यनारायण यादवको पसलमा भण्डारण गरी राखेको जानकारी पाएपछि एग्रोभेटमा छापामारी गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनको घर तथा पसलमा खान तलासी गर्दा अवैध रुपमा ल्याईएको मल वरामद भएको प्रहरीको भनाई छ ।

पसल तथा पसल अगाडि रहेको स१ज ४६४ नं. को गाडिमा गरी कुल ७४ वोरा युरिया मल वरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर सन्तोष खडेकाले वताए । प्रहरीले गाडि चालक राजविराज नगरपालिका १५ का ४० वर्षिय महेन्द्र प्रसाद यादव समेतलाई नियन्त्रणमा लिएको छ ।

युरिया मल र गाडिसहित करिव ३ लाख ५५ हजार मुल्य वरावरको सामान चालक सहित भन्सार कार्यालय तिलाठिमा वुझाईएको प्रहरीले जनाएको छ ।