राजविराज, ६ साउन । सप्तरीमा मंगलवार ५ जना कोरोना संक्रमित थपिएका छन् । राजविराज २, सप्तकोशी २ र खडक नगरपालिकामा १ गरी जम्मा ५ जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
राजविराज नगरपालिका ७ का ५३ वर्षिय पुरुष र ४८ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उनीहरु गत साउन १ गते मृत्यु भएका ७३ वर्षिय ब्यापारीका छिमेकी हुन। उनीहरु कन्ट्याक्ट ट्रेसिङ्गवाट सम्पर्कमा आएका हुन् ।
यसैगरी, सप्तकोशी नगरपालिका १ का ३४ वर्षिय तथा वडा नं. ४ का ४४ वर्षिय पुरुष तथा खडक नगरपालिका ५ का ४६ वर्षिय पुरुषमा पनि पनि संक्रमण भेटिएको छ । गजेन्द्र नारायण सिंह अस्पताल प्रयोगशाला राजविराजमा उनीहरुको स्वाव परिक्षण गरिएको थियो ।
यो सहित सप्तरीमा कोरोना संक्रमितको संख्या ३६ महिलासहित ३ सय ९० पुगेको छ । राजविराज नगरपालिकामा ६ महिलासहित २७ पुगेको छ भने एक जनाको मृत्यु भएको छ ।
यसैगरी कंचनपुर नगरपालिकामा ५, डाकनेश्वरी नगरपालिकामा ५ महिलासहित २५, वोदेवरसाईन नगरपालिकामा १ महिलाहित ३८, खडक नगरपालिकामा १४, शम्भुनाथ नगरपालिकामा ७, राजगढ नगरपालिकामा २२, सुरुङ्गा नगरपालिकामा १ महिलासहित २१, हनुमाननगर नगरपालिकामा २ महिलासहित ५६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै, अग्निसाईर कृष्णासवरण गाउँपालिकामा ८, छिन्नमस्ता गाउँपालिकामा ४ महिलासहित ३२, महदेवा गाउँपालिकामा ३ महिलासहित १५, सप्तकोशी नगरपालिकामा ८, तिरहुत गाउँपालिकामा ६, तिलाठि कोईलाडि गाउँपालिकामा ९ महिलासहित ४६, रुपनी गाउँपालिकामा ५, विष्णुपुर गाउँपालिकामा ६, वलान विहुल गाउँपालिकामा ५ महिलासहित ४९ पुगको कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले वताए ।