राजविराज, ६ साउन। सप्तकोशी नदिमा पानीको वहाव निरन्तर वढिरहेको छ । सोमवार विहानैदेखि वृद्धि हुँदै गएको वहाव मंगलवार विहानसम्म पनि निरन्तर वढिरहेको छ।
मंगलवार विहान ८ वजे पानीको वहाव ३ लाख ४२ हजार ९ सय ७० क्युसेक मापन गरिएको छ । सप्तकोशीमा यो वहाव यस वर्षको सवैभन्दा उच्च हो। कोशी ब्यारेजका ५६ मध्ये ४७ वटा ढोका खुल्ला गरिएको कोशी नियन्त्रण शाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले कोशी नदिको आसपासका वासिन्दालाई सुरक्षित रहन सोमवारदेखि नै आग्रह गरिरहेको छ । वाढिका कारण हनुमाननगर कंकालिनी नगरपालिकाको विभिन्न वडा जोखिममा छन् ।
हनुमाननगरको गोबरगाढा गाउँका घरघरमा पानी पसेको स्थानीयले जानकारी दिएका छन् । गोवरगाढा गाउँलाई कोशीको वाढिले घेरेको छ ।