राजविराज, ५ साउन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पुर्व सिंचाई मन्त्री उमेश कुमार यादवले राजविराजमा थप १५ दिन लकडाउन कडाई गर्न आग्रह गरेका छन् ।
राजविराज– ६ का ७३ वर्षिय ब्यापारीको कोरोनाका कारण मृत्यु तथा उनको परिवार र कर्मचारी समेतमा भटाभट संक्रमण देखिन थालेपछि उनले यस्तो माग गरेका हुन् । ‘राजबिराज नगरपालिकामा केहि दिन (१५ दिन) लकडानलाई कडाइ गर्न जरुरी छ।’ उनले फेसवुकमा लेखेका छन्–‘पुर्ण लकडाउन गरियोस् ।’
राजविराजमा वढ्दो संक्रमण र कन्ट्याक ट्रेसिङ्गमा देखिएको संक्रमणको अवस्थालाई मध्येनजर गरी गम्भीर बन्न राजविराज नगरपालिका, जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला जनस्वास्थ्य कार्यालयलाई उनले सचेत गराएका छन् ।
ब्यापारीको मृत्यु तथा कन्ट्याक ट्रसिङ्गका क्रममा उनको परिवार, पसलमा काम गर्ने कर्मचारी लगायतलाई पनि संक्रमण देखिएपछि उनीहरु मार्फत अन्यत्र पनि संक्रमण फैलिएको हुन सक्ने आशंकामा स्थानीयवासी त्रसित छन्।