राजविराज, ५ साउन। नेपालमा पछिल्लो २४ घन्टामा १ सय ८६ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ।
सोमवार जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा यसको संक्रमितको थप संख्या पुष्टि गरेका हुन् ।
मुलुकका २७ वटा प्रयोगशालामा गरिएको ४ हजार २१६ पीसीआर परीक्षणमा १ सय ८६ जनामा कोरोना संक्रमण देखिएको उनले वताए ।
सुनसरीका ६, झापाका ३, इलामका १, मोरङका १, सिरहाका १, सप्तरीका ९, धुनषाका २, पर्साका ४, बाराका ४६, सर्लाहीका २३, सोलुखुम्बुका ४, कास्कीका ८, लमजुङका १ , तनहुँका २, स्याङ्जाका १, बाँकेका २, रोल्पाका ४, सल्यानका ३, रुकुम पूर्वका ७, दाङका ६, दैलेखका २, सुर्खेतका ४, हुम्लाका १, कालिकोटका १, डोटीका ४० , कैलालीका १, काठमाडौँका २ र ललितपुरका १ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
सोमबारसम्म पीसीआर विधिबाट ३ लाख १९ हजार ८७२ परीक्षणहरु गरिएका छन् भने २४ घन्टामा ४ हजार २१६ परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २२ हजार २२८ र आइसोलेसनमा रहनेको संख्या ५ हजार ९३६ छ।