• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मृतक ब्यापारीको कन्ट्याक ट्रेसिङ्गवाट २ सहित ७ कोरोना संक्रमित थपिए

कोरोना संक्रमतिको संख्या ३ सय ८४
मृतक ब्यापारीको कन्ट्याक ट्रेसिङ्गवाट २ सहित ७ कोरोना संक्रमित थपिए

राजविराज, ५ साउन। सप्तरीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमवार थपिएका ७ मध्ये २ जना गत विहिवार कोरोना संक्रमणका कारण मृत्यु भएका राजविराज–६ निवासी ७३ वर्षिय ब्यापारीको ब्यापार/ब्यवसायसँग सम्वन्धित छ।

राजविराज– ६ निवासी ५५ र ३७ वर्षिय पुरुषलाई कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

यसैगरी, राजविराज नगरपालिका १२ का ३६ वर्षिय पुरुष, विष्णुपुर गाउँपालिका ६ का २३ वर्षिय पुरुष, हनुमाननगर कंकालिनी नगरपालिका ४ का ३० वर्षिय पुरुष, सुरुङ्गा नगरपालिका २ का २६ वर्षिय पुरुष र वलान विहुल गाउँपालिका २ का २६ वर्षिय पुरुषलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

यो सँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ३ सय ८४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। यसैगरी सोमवार ४५ जनाले कोरोना जितेर घर फर्किएका छन्। कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २ सय ४५ पुगेको छ।