• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कोरोना संक्रमणका काराण मृत्यु भएका ब्यवसायीको परिवारका पाँचै जनालाई कोरोना पुष्टि

सप्तरीमा कोरोना संक्रमितको संख्या ३ सय ७७ पुग्यो
कोरोना संक्रमणका काराण मृत्यु भएका ब्यवसायीको परिवारका पाँचै जनालाई कोरोना पुष्टि

राजविाज, ४ साउन। गत विहिवार कोरोना संक्रमणका कारण मृत्यु भएका राजविराज नगरपालिका–६ का ७३ वर्षीय ब्यवसायीको परिवारका ५ जना सदस्यलाई कोरोना संक्रमण देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार उनको मृत्यु भएपछि घरलाई सिल गरेर परिवारका सवै सदस्य र कामदारसहितको स्वाव परिक्षणका लागि गजेन्द्र नारायणसिंह अस्पतालको ल्यावमा राखिएको थियो । ति मध्ये परिवारका ५ सदस्यको रिपोर्ट कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले वताए ।

४५, १७ वर्षका पुरुष र ३६, ११, ६७ वर्षका महिलामा कोरोना पुष्टि भएको छ । कामदार मध्ये १ जनाको रिपोर्ट नेगेटिभ र अन्यको रिपोर्ट आउन वाँकी रहेको यादवको भनाई छ । यसैगरी, आईतवार नै छिन्नमस्ता ४ का ३१ वर्षिय र छिन्नमस्ता ५ का ३३ र ९ वर्षिय पुरुष, छिन्नमस्ता ५ कै २८ र ११ वर्षिय महिला तथा हनुमाननगर कंकालिनी नगरपालिका १४ का ३१ वर्षिया महिलामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

योसँगै सप्तरीमा शनिवार र आईतवारसहित कोरोना पोजेटिभको संख्या ३ सय ७७ पुगेको छ। आईतवार ११ र शनिवार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणकै कारण एक जनाको मृत्यु भएको छ।

यसअघि शनिवार १८ जनामा कोरोना पोजेटिभ देखिएको थियो । खडक नगरपालिकाका २५, ३०, २८, ५० र ३३ वर्षिय पुरुष र उमेर र लिङ्ग नखुलेका गरी ६, सुरुङ्गा नगरपालिकाका २३, ३६, ३३, २६, २३, ३३, ४५ र ५० वर्षिय पुरुष गरी ८, वलानविहुल गाउँपालिकाका ३३ र उमेर नखुेका गरी २ पुरुष तथा ६ वर्षिया वालिका र १० वर्षिय वालक गरी ५ जनामा कोरोना पुष्टि भएको थियो।

यस्तै गत विहिवार कोरोना संक्रमणका कारण राजविराज नगरपालिका–६ का ७३ वर्षीय पुरुषको मृत्यु भएको हो । पशुपंक्षि औषधी ब्यवसायी रहेका उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा राती ११ बजे मृत्यु भएको थियो । प्रोष्टेड, मुटु रोग तथा थाईराडका दिर्घरोगी रहेका उनले २४÷२५ वर्षदेखि विभिन्न रोगको औषधी सेवन गर्दै आएका थिए ।

असार ३० गते ज्वरो तथा स्वास प्रस्वास सम्वन्धि समस्या देखिएपछि उनलाई उपचारका लागि विराटनगर लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि तत्कालै धरान पुर्याईएको थियो । उपचारकै क्रममा कोरोना पोजेटिभ देखिएको केहि घण्टामै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख यादवले वताए ।

कोरोनाका कारण उनको मृत्यु भएपछि उनकी पत्निसहित परिवारका अन्य ६ जना सदस्य र पसलका कामदारसहित २२ जनाको स्वाव परिक्षण गरिएको थियो ।

विरामी रहेकी उनकी पत्निलाई गत चैत ५ गते भारतको दरभंगा लगिएको थियो । उनी घर फर्केसँगै परिवारका सवै सदस्य होम क्वारेन्टाईनमा वस्दै आएका थिए । दरभंगा गएर फर्केका सदस्यहरुवाट उनलाई कोरोना संक्रमण भएको हुन सक्ने अनुमान छ ।