• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
वारामा नक्कली नोटसहित ३ जना पक्राउ

राजविराज, ३ साउन। वारामा शनिवार प्रहरीले नक्कली नोटसहित ३ जनालाई पक्राउ गरेको छ ।

बारा जिल्ला आदर्शकोतवाल गाउँपालिका–६ का ३० वर्षिय नरेन्द्र प्रसाद कुशवाहा, सिम्रौनगढ नगरपालिका–५ का २६ वर्षिय मनोज कुमार साह तेली र भारतको बिहार मोतिहारी जिल्ला पुर्वी चम्पारण थाना झरौखर ग्राम कोरैया–१० का २५ वर्षिय सुधिर कुमार कुशवाहालाई प्रहरीले पक्राउ गरेको हो ।

लागु औषध खरिद बिक्रि, संचय र ओसारपसार कार्यमा संलग्न रहेको सुचनाका आधारमा लागु औषध नियन्त्रण व्यूरो कोटेश्वर र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त प्रहरी टोलीले उनीहरुको खोजी सुरु गरेको थियो ।

महागढीमाई नगरपालिका–२ स्थित बरियारपुर चोकमा फेला परेका तिनै जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा १ हजारका १ हजार ४ सय ६५ थान, १ सयका ७ सय ४६ थान तथा भारतीय नोट ५ सयका २ सय ८४ थान र ५० का ७ सय ६ थान नक्कली नोट वरामद भएको जिल्ला प्रहरी कार्यालय वाराले जनाएको छ ।

उनीहरुको विषयमा थप अनुसन्धान भईरहेको डिएसपी गौतम मिश्रले जानकारी दिए।