• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सचिवालय वैठक सकेर नेकपाका दुवै अध्यक्ष शितलनिवासमा

सचिवालय वैठक सकेर नेकपाका दुवै अध्यक्ष शितलनिवासमा

राजविराज, ३ साउन। नेकपाको सचिवालय बैठक सकिनासाथ दुवै अध्यक्ष राष्ट्रपति कार्यालय पुगेका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको सचिवालय बैठक सम्पन्न भएलगत्तै प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली र र पुष्पकमल दाहाल प्रचण्ड शितलनिवास गएका हुन् ।

वैठकमा पार्टी एकता कायम राख्दै सहमति खोज्ने निष्कर्ष निस्किएको प्रवक्ता नारायणकाजी श्रेष्ठले वताए ।

आन्तरिक संकटलाई सहमतिका आधारमा समाधान गर्ने सम्बन्धमा थप गृहकार्य गर्ने विषयमा छलफल भएको उनको भनाई छ। पार्टी एकता रक्षा र सुदृढ गर्ने, जनादेशअनुसार काम गर्ने गरी पार्टीको संकट निवारण गर्ने विषयमा छलफल भएको श्रेष्ठले जानकारी दिए।

दिउँसो करिब सवा तीनमा शुरु भएको बैठक करिब सवा ७ सम्म लम्बिएको थियो। पार्टीको आन्तरिक विवादका कारण केही दिनदेखि पार्टी स्थायी कमिटी बैठक स्थगित भइरहेको अवस्थामा सचिवालय बैठक बसेको थियो।